कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

‘मिस्टर भर्जिन’ को टुल्की

कान्तिपुर संवाददाता

काठमाडौँ — फिल्म ‘मिस्टर भर्जिन’ मा समावेश ‘टुल्की’ बोलको गीतको अडियो सार्वजनिक गरिएको छ । ‘टुल्की’ मा सुरज पण्डितको स्वर, शब्द र संगीत रहेको छ । 

वल्र्ड वाइड फिल्मसको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’ लाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रवीन्द्र झा, सिर्जना सुब्बालगायतका कलाकारको अभिनय रहेको छ ।


महेश दवाडीको पटकथा, रामेश्वर कार्कीको छायांकन, मिलन डी काप्रीको सम्पादन रहेको फिल्मले तीन युवाको यौन मनोविज्ञानको कथालाई समेटेको बताइएको छ । खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र निर्देशक बस्नेतको लगानी रहेको फिल्मले रिलिज मिति भने तय गरिसकेको छैन ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?