१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

जेठमा ‘चंगा’

कान्तिपुर संवाददाता

काठमाडौँ — हालै छायांकन सकिएको फिल्म ‘चंगा’ जेठ २५ मा रिलिज हुने भएको छ । निर्माता/निर्देशक किशोर भण्डारी ‘डिट्ठा साब’ ले आगामी वर्षको जेठमा फिल्म देशभर लाग्ने जानकारी दिएका हुन् ।

जेठमा ‘चंगा’

उक्त फिल्म मोफसलमा एफडी कम्पनीले वितरण गर्ने भएको छ भने राजधानीमा रिच इन्टरटेनमेन्टले । मंगलबार फिल्म निर्माण पक्षले दुवै वितरण कम्पनीसँग रिलिज सम्झौता गरेको छ । हास्य जानरामा रहेर पारिवारिक, सामाजिक कथा बोल्ने बताइएको ‘चंगा’ मा पैसाको समस्यापछि एउटा गाउँले युवकको जीवनमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । रविन आचार्यले खिचेको फिल्ममा बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, रेश्मा तिमल्सिना, अंकित खड्का, लक्ष्मी बर्देवालगायत अभिनयमा छन् ।


फिल्म यति बेला पोस्ट प्रोडक्सनमा छ । कन्टिन्युयस मुभी मेकर्सको ब्यानरमा बनेको ‘चंगा’ मा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत रहेको छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?