कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लु सुनको पागल डायरी

नाटक
कान्तिपुर संवाददाता

काठमाडौँ — राजधानीमा मंगलबारदेखि नयाँ नाटकघर सुरु भएको छ । थापागाउँस्थित कुञ्ज नाटक घरको संस्कृतिविद् सत्यमोहन जोशी र साहित्यकार एवं राजनीतिज्ञ प्रदिप ज्ञवालीले उद्घाटन गरे ।

जोशी र ज्ञवालीले बाँसैबाँसबाट बनेको कलात्मक नाटक घरको प्रशंसा गरे ।

उद्घाटनपछि नाटकघरमा चिनियाँ साहित्यकार लु सुनको कृतिमा आधारित ‘म्याड म्यान्स डायरी’ मञ्चन गरियो । चे शंकर निर्देशित नाटकमा सुदाम सिकेले एकल अभिनय गरेका छन् ।


नाटक हेरिसकेपछि जोशीले लु सुनको सिर्जना चिनियाँ समाजको सापेक्षतामा भए पनि त्यसले नेपाली समाजकै जस्तो सन्दर्भ बोकेको दाबी गरे । ‘आधुनिक चीनको निर्माता माओले समेत लुसुनको प्रशंसा गरेका थिए,’ जोशीले भने । ज्ञवालीले नाटक जीवन्त रहेको दाबी गर्दै प्रकाश, ध्वनि र अभिनयको त्रिकोणात्मक संवादले लुसुनको सिजैना जीवन्त बनेको उनले बताए । साहित्य, सिर्जना र रंगमञ्चको नयाँ केन्द्र निर्माण गर्ने ध्येयसाथ नाटकघर सञ्चालनमा ल्याएको लेखन कुञ्जका संस्थापक कमल ढकालले बताए । नाटक ९ दिन लगातार मञ्चन हुनेछ ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?