कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्समा आँखा

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउड अभिनेत्री करिश्मा कपुर ठूलो पर्दाबाट टाढिएकी छन् । सन् २००३ देखि नै उनी फिल्म क्षेत्रबाट कर्किन थालेकी हुन् । बीचबीचमा फाट्टफुट्ट फिल्म खेलिन् । तर, पहिले जस्तो सक्रियता देखिएन । यसो भए पनि करिश्मा सञ्चारमाध्यमबाट हराइनन् । पछिल्लो समय उनको महँगो जीवनशैली र फेसन चेत प्रचारप्रसारको कारक बन्दै आएको छ । यसपालि पनि यही कारण दोहोरिएको छ ।

पर्समा आँखा

पिता रणधीरको बर्थ डे पार्टीमा करिश्मा आकर्षक पहिरनमा देखिइन् । रेड एन्ड अरेन्ज गाउनमा सजिएकी थिइन् । तर, पहिरनभन्दा उनले च्यापेको पर्सले सबैको ध्यान खिच्यो । कालो लेदरको उक्त पर्सको मूल्य थोरै थिएन । गुची ब्रान्डको पर्सलाई करिश्माले १ लाख २७ हजार भारुमा किनेकी थिइन् । यो थाहा पाएपछि पार्टीमा उपस्थित पत्रकारले करिश्मा र उनको पर्सको तस्बिर खिचिरहे ।


अभिनेता रणधीरले यसै साता ७१ औं जन्मोत्सव मनाएका थिए । छोरीद्वय करिश्मा र करिनाले आयोजना गरेको पार्टीमा कपुर खानदानका थुप्रै सामेल भए । यही बेला करिश्माबारे अर्को खबर पनि छाएकोमा छ । उनले विवाह गर्न लागेकी छन् । दिल्लीका व्यवसायीसँग अफेयरमा रहेकी उनी चाँडै विवाहबन्धनमा पर्न लागेको हल्ला छ । सन्दीप केही वर्षअघि पत्नीसँग छुट्टिएका थिए भने करिश्मा पनि डिभोर्सी हुन् ।


अभिनेत्रीले सन् २००३ मै विवाह गरेकी थिइन् । उनीहरूका दुई सन्तान पनि छन् जो करिश्मासँगै बस्छन् । उता, करिश्माका नयाँ ब्वाइफ्रेन्डले श्रीमतीलाई दुई करोड रुपैयाँ दिएर पारपाचुके गरेका थिए । तिनका पनि दुई छोरी छन् ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?