शिवको ‘जय नेपाल’
काठमाडौँ — गायक शिव लामिछानेले ‘जय नेपाल...’ बोलको राष्ट्रिय गीत सार्वजनिक गरेका छन् । ‘चाहे माया गर...’, ‘किन दुख्छ मुटु मेरो...’ जस्ता चलेका गीतका गायक लामिछाने शिवाजको नामले सांगीतिक क्षेत्रमा बढी चिनिन्छन् ।
युटयुबमार्फत सार्वजनिक उक्त गीत हर्कुलस बस्नेतले रचना र संगीतबद्ध गरेका हुन् । हिमाली क्षेत्रमा खिचिएको उक्त गीतको भिडियोमा समेत गायक स्वयं फिचरिङ छन् । भिडियोमा विभिन्न भाषाभाषी र उनीहरूको संस्कृतिलाई देखाइएको छ । ‘गीतमार्फत नेपालको सुन्दरता देखाउने प्रयास गरिएको छ,’ शिवले भने । नरेन लिम्बू र विनय कंसाकारले संयुक्त रूपमा छायांकन गरेको म्युजिक भिडियोको निर्देशन पनि नरेनकै हो ।
प्रकाशित : फाल्गुन १०, २०७४ ०८:२१प्रतिक्रिया