कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘पञ्चेबाजा’ टोली चितवनमा

कान्तिपुर संवाददाता

चितवन — ‘पञ्चेबाजा’ फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । फिल्मको निर्माता, निर्देशक र कलाकारसहितको टोलीले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गर्‍यो ।

‘पञ्चेबाजा’ टोली चितवनमा

‘फिल्ममा पाँच पात्रबीचको प्रेमसम्बन्ध, जीवनका उतारचढाव नै समेटेका छौं,’ निर्देशक घनश्याम लामिछानेले भने । फिल्ममा सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ, बुद्धि तमाङ र सिर्जना सुब्बाको मुख्य भूमिका छ ।


‘एक्सन, मनोरञ्जन र माया मिसिएको फिल्म हो यो,’ निर्माता राजेश शाहीले भने, ‘दर्शकहरूले पूर्ण मनोरञ्जन लिनुहुने छ भन्ने आशा छ ।’ सौगात मल्ल, जस्मिन र कर्माबीचको प्रेमकथा र बुद्धि र सिर्जनाको हास्यव्यंग्यले दर्शकलाई बाँधेर राख्ने निर्देशक लामछिानेले दाबी गरे । ‘मान्छेले बिहे गरेपछि प्रेम गर्छ वा प्रेमपछि नै बिहे हुन्छ ? पञ्चेबाजाले यसैलाई केन्द्रमा राखेर कथालाई अगाडि बढाएको छ,’ उनले भने । वितरक केदार पराजुलीका अनुसार उपत्यकाबाहिरका ८० वटा हलमा शुक्रबारदेखि सो फिल्म प्रदर्शन हुनेछ । फिल्म एक करोड ५५ लाख रुपैयाँमा निर्माण भएको निर्माता शाहीले बताए । पोखरा र यस आसपासका गाउँका साथै काठमाडौंमा फिल्म छायांकन भएको हो ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?