स्टेजमा रामजी र पशुपति सँगै

कान्तिपुर संवाददाता

स्याङ्जा — एउटै स्टेजमा एउटै माइक समाएर जिल्लाका लोकगायक रामजी खाँड र पशुपति शर्माले मनोरञ्जन दिएका छन् । सदरमुकाममा जारी पाँचौ महोत्सवको एघारौँ दिन रामजी र पशुपतिले दर्शकश्रोतालाई निकै हँसाए । 

स्टेजमा रामजी र पशुपति सँगै

फागुन ७ गते सार्वजानिक बिदा भएकाले महोत्सवमा दर्शकश्रोताको ओइरो लागेको थियो । ‘हामी पहिलो पटक एउटै माइक समाएर एउटै मञ्चमा सहभागी बन्न पायौँ,’ दुवैले भने, ‘सौभाग्य नै मान्नुपर्छ । उमेरले पनि दौंतरी हौं । दाजुभाइभन्दा पनि साथीजस्ता छौँ । गायन क्षेत्रमा सँगै लाग्यौँ । लोक गायनको बराबरी उचाइमा पनि छौँ । तर, एउटै मञ्चमा एकैपटक प्रस्तुतिको मौका भने यहाँ मात्रै मिल्यो ।’ उनीहरूले एक दर्जन गीत गाएका थिए । गायकद्वय लोक गायन क्षेत्रमा पनि एकै पटक २०५८ सालमा प्रवेश गरेका थिए ।


प्रकाशित : फाल्गुन १०, २०७४ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?