कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भ्रूणहत्या विरुद्धको भावना बोल्ने ‘डन्ट किल मि’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौं — देशमा विद्यमान भ्रम हत्या अर्थात् गर्भपतन विरुद्ध आवाज उठाउने शैलीको एउटा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । १३ वर्षीया किशोरी गायिका प्रेगिशा पौडेलको स्वरमा तयार पारिएको ‘नमार मलाई, नफाल मलाई..’ गीतको म्युजिक भिडियोमा कुमारी अवस्थामै गर्भवती भएकी एउटी किशोरीको गर्भमा रहेको शिशुको बाँच्ने चाहनालाई व्यक्त गरिएको छ ।

लायन्स क्बल अफ काठमाडौं बुढानिलकण्डले आयोजना गरेको एक समारोहमा निशान घिमिरेद्वारा निर्देशित उक्त मार्मिक म्युजिक भिडियो सार्वजनिक गरिएको हो । म्युजिक भिडियो सार्वजनिक भएपछि आफ्ना धारणा व्यक्त गर्दै गीतकार तथा वरिष्ठ चिकित्सक डा.भोला रिजालले १२ वर्षअघि मातृ मृत्युदर घटाउने उदेश्यले सरकारले सुरक्षित गर्भपतनको अवधारण ल्याए पनि नेपाली समाजमा लिंग पहिचान गरेर गर्भपतन गराउने नराम्रो परम्पराको थालनी भएकोमा दु:ख लागेको बताए ।


आयोजक संस्थाका प्रमुख लायन राजेन्द्र कुमार श्रेष्ठले नेपालमा पछिल्लो एक दशक यताको गर्भपतनको तथ्यांक सार्वजनिक गर्दै अविवाहित तथा किशोरीहरुमा भ्रण हत्या अर्थात गर्भपतन गर्ने दर बढिरहेको अवस्थामा ‘डन्ट किल मि...’ भिडियोमार्फत गर्भपतन विरुद्धको अभियान थालनी गर्ने बताए ।


गर्भपतनको दर बढिरहेको यो भयावह अवस्थालाई नियन्त्रण गर्न तथा गर्भमा रहेको बच्चाको जीवन सुरक्षित गर्ने अभियान अर्थात गर्भपतन विरुद्धको अभियानलाई सांगीतिक रुपमा सञ्चालन गर्ने उदेश्यले तयार पारिएको उक्त गीतका शब्दहरु नील गुरुङले रचना गरेका हुन् भने महेश ज्ञवाली यो गीतका संगीतकार हुन् । गर्भमा रहेको अबोध शिशुका भावनालाईहरुलाई एउटी बाल गायिकाको स्वरमार्फत प्रस्तुत गरिएको हो । रुपेश मान अमात्यद्वारा निर्मित यो भिडियो वास्तविक घटनामा आधारित छ । म्युजिक भिडियोमा मोडल सृष्टि खड्काले कुमारी आमाको भूमिका निर्वाह गरेका छन् । भिडियोमा अर्जुन आचार्य तथा सपना थापाले पनि अभिनय गरेका छन् । बाबु प्रधान उक्त गीतका संगीत संयोजक हुन् । अर्जुन तिवारी तथा उनको समुहले यसमा छायांकन गरेका छन् । विकास दाहाल यसका सम्पादक हुन् ।


भावसागर इन्टरटेन्मेन्ट एलएलसीको अफिसियल च्यानलबाट यो भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाशित : फाल्गुन ११, २०७४ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?