कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शरणका कथा

कान्तिपुर संवाददाता

काठमाडौँ — कथाकार शरण राई नयाँ कथासंग्रहहित आएका छन्। ‘अन्तिम आयाम’ विराटनगरमा बिहीबार प्रदेश १ का प्रमुख डा. गोबिन्दबहादुर तुम्बाहाङले लोकार्पण गरे। 

शरणका कथा

तुम्बाहाङले उक्त कथा संग्रहले नेपाली साहित्यको विकासमा नयाँ आयाम थपेको दाबी गर्दै साहित्य क्षेत्रको विकासले प्रदेशको समृद्धिमा सहयोग गर्ने भएकोले त्यसतर्फ साहित्यकारहरूको योगदान आवश्यक रहेको औँल्याए। साढे चार दशकदेखि लेखनमा सक्रिय राईका यसअघि विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित छन्। लिटेररी एसोसिएसन धरानद्वारा आयोजित डा. गोपाल भण्डारी, डा. टंक न्यौपाने, रमेश शुभेच्छुक, भोलानाथ पोखरेल, कुन्ता शर्मा, कविराज न्यौपाने, गोकुल अधिकारी, अग्रज पत्रकार शिवबहादुर कार्कीले समेत बोलेका थिए।

प्रकाशित : फाल्गुन ११, २०७४ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?