‘हिरोज’ आउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — नायिका पूर्णिमा लामाको निर्माण रहेको फिल्म ‘हिरोज’ चैत २३ देखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । एनबी महर्जनको निर्देशन रहेको उक्त फिल्मले बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक विकृति, अन्यायविरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरेको बताइन्छ । 

‘हिरोज’ आउँदै

फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीसहित निमात्री लामाले समेत नायिकाका रूपमा अभिनय गरेकी छन् ।

जयलक्ष्मी फिल्मसो ब्यानरमा निर्मित ‘हिरोज’ लाई शिव ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् भने कमल राई, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्मको द्वन्द्व शंकर महर्जनले निर्देशन गरेका हुन् । ‘हिरोज’ को वितरण श्रीराम बालाजी फिल्म्सका सुनील मानन्धरले गर्दै छन् ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?