१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अरबाज खानले भने, ‘दबंग- ३ को सुटिङ यसै वर्षबाट’

एजेन्सी

नयाँ दिल्ली — फिल्म अभिनेता एव‌‌‌‌ निर्माता अरबाज खानले आफ्नो अगामी फिल्म ‘दबंग–३’को सुटिङ  २०१८ को मध्य मेबाट सुरु हुने बताएका छन् ।

अरबाज खानले भने, ‘दबंग- ३ को सुटिङ यसै वर्षबाट’

मंगलबार 'मिटु' नामक लघु चलचित्रको स्पेशल प्रदर्शनको अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले दबंग–३को सुटिङबारे जानकारी गराएका हुन् ।


अरबाजले यो फिल्म निर्माणका लागि आफ्नो धेरै समय, प्रयास र एकग्रता आवश्यकता रहेको कुरा उल्लेख गरे ।


दबंग–३ मा सलमान खान प्रहरीको भूमिकामा हुने तय भएपनि हिरोइन कसलाई राख्ने भन्ने विषयमा हालसम्म औपचारिक जानकारी प्राप्त भएको छैन ।


सलमानद्वारा अभिनित चलचित्र ‘दबंग’ बलिउडको सुपरहिट चलचित्रको रुपमा लिइन्छ । बक्स अफिसमा यो फिल्मले एकसय करोड भन्दा बढी भारु संकलन गरेको थियो ।


प्रकाशित : फाल्गुन २३, २०७४ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?