२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नाटक लिएर अर्जेन्टिनाबाट

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा क्लाउन सोको लोकप्रियता बढ्दै छ । संवादबिना गरिने यो नाटक बालकदेखि वृद्धसम्मले रुचाएका छन् ।

नाटक लिएर अर्जेन्टिनाबाट

मंगलबार अर्जेन्टिनाको ‘मान्द्रगोरा सर्काे’ नाटक समूहले अनामनगरस्थित मण्डला थिएटरमा रोचक क्लाउन देखाए । उनीहरूको क्लाउन एक्रोबेटिक, डान्स र म्युजिक तीन कुराको सम्मिश्रण पाइन्थ्यो । विश्व रंगमञ्च दिवसको अवसरमा लेट्स इन्टरटेन्मेन्ट, मण्डला थिएटर र थिएटर मलले गरेको विशेष कार्यक्रममा उनीहरूले नाटक देखाएका हुन् ।

टिममा मारियाना, जन क्रुज ब्राकामोन्टी र प्रकाश र साउन्ड प्राविधिक गरी तीन जना छन् । सन् १९९८ बाट यो समूहले नाटक गर्न थालेको मारियानाले बताइन् । २०१० देखि अर्जेन्टिनाबाट नाटक लिएर वल्र्ड टुरमा निस्किएको यो टोली पुन: अर्जेन्टिना नपुगेको मारियानाले बताइन् । ‘हामीले अहिलेसम्म ४३ वटा देशमा सो गरिसकेका छौँ,’ मारियाना सिल्भाले भनिन्, ‘अझै निरन्तर गर्ने इच्छा छ । एउटा देशमा नाटक गरेपछि सँगैको अर्को देशबाट निम्तो आउँछ । यसरी नै घुम्दै छौँ ।’ स्याउ उफारेर जगलिङ देखाएका उनले अकोर्डियन, घण्टा, किबोर्डलगायत बाजाहरू पनि बजाएकी थिइन् । नाटकमा मारियानाको एक्रोबेटिक र रोप डान्स दर्शकले निकै रुचाएका थिए । उनीहरू स्वतन्त्र रूपमा देश डुल्छन् । उनीहरूको समूह पनि इन्डिपेन्डेन्ट छ । अहिलेसम्म ‘अब के गर्ने होला ?’ भन्ने अवस्था नआएको मारियानाले जनाइन् ।

‘पहिले घरबाट निस्कँदा के होला भन्ने डर त थियो । तर गर्दै गएपछि सबैले रुचाइदिनुभयो,’ उनले भनिन्, ‘अहिले विभिन्न देशबाट आफैं अफर आउने गरेको छ ।’ उनीहरूले बुधबार राजधानीको एभीएम स्कुल, मानभवन र प्रेरणा स्कुल हरिसिद्धिमा देखाउने तयारी गरिरहेका छन् भने बिहीबार सुदेशा स्कुल, नखु र एभरेस्ट स्कुल भक्तपुरमा देखाउने थिएटर मलका केदार श्रेष्ठले बताए ।

आफ्नो क्लाउनमार्फत मायाप्रेम र सम्बन्धका कथाहरू भन्न चाहेको मारियानाले बताइन् । ‘सम्बन्धमा खराबी आउँछन्,’ उनले भनिन्, ‘हाम्रो नाटकले मनोरञ्जन मात्रै नभई सम्बन्धका तहहरू, समस्या र त्यसको सोलुसन पनि समेटेको हुन्छ ।’ त्यसैले पनि धेरै रुचाइएको हुन सक्ने उनले अनुमान लगाइन् ।

नेपालपछि कहाँ सो गर्न जाने भन्ने कुरा उनलाई थाहा छैन । भनिन्, ‘थाहा छैन, अब हामी कहाँ जान्छौँ । तर विश्वास छ त्यसै बस्नुपर्दर्ैन । यही सोचले नै अहिलेसम्म अगाडि बढाई पनि रहेको छ ।’ विभिन्न देशमा घुम्दा राम्रा मान्छे भेटेको र सबै ठाउँको लोकल खाना खान पाउँदा खुसी लागेको उनले बताइन् ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?