माइलीलाई गीत चोरीको आरोप

एजेन्सी

वासिङ्टन — अमेरिकी गायिका माइली साइरसले सन् २०१३ मा सार्वजनिक गरेको ‘वी कान्ट स्टप...’ गीत निकै चल्यो । माइक विल मेड इटले लेखेको गीतको युटयुबमा ८० करोडभन्दा ज्यादा भ्युज छ । तर, यत्रो भ्युज र प्रशंसाले माइलीलाई खुसी दिन सकेको छैन ।

माइलीलाई गीत चोरीको आरोप

उनलाई गीत चोरी आरोप लागेको छ । जमाइकन गायक माइकल मेले गएको मंलबार न्युयोर्कमा प्रतिलिपि उल्लंघनसम्बन्धी मुद्दा हालेपछि गीत विवादमा परेको छ ।


गीतको शब्दमा माइकलले आपत्ति जनाएका छन् । ‘वी रन थिंग्स्, थिंग्स डन्ट रन वी’ भन्ने शब्दावली आफूले सन् १९८८ मै रचना गरेको उनको दाबी छ । उनले आफ्नो गीतमा ‘वी रन थिंग्स, थिंग्स नो रन वी’ भन्ने शब्दावली प्रयोग गरेको बताएका छन् ।


‘यो वाक्यांश सर्वप्रथमले माइलले रचेका थिए,’ उनका वकिललाई उद्धृ्रत गर्दै फच्र्युन पत्रिकाले लेखेको छ, ‘अर्काको रचना गाएर माइलीले प्रशस्त लाभ उठाइरहेकी छन् । गीत टप–चार्टमा पर्‍यो, चर्चित बन्यो ।’ बिलबोर्ड हट हन्ड्ेरडको नम्बर २ स्थानमा परेको गीतलाई माइलीको गायन जीवनको टर्निङ प्वाइन्ट मानिन्छ ।


त्यसअघि उनी ‘हाना मोन्टाना’ कै परिचयले मात्र चिनिन्थिन् ।सप्रमाण अदालत पुगेका माइकलले माइलीसँग ३ सय मिलियन अमेरिकी डलर (३१ अर्ब १५ करोड ९५ लाख रुपैयाँ) मागेका छन् । अदालतलाई दिएको निवेदनमा रकम उल्लेख नभए पनि माइकलका वकिलले रोयटर्ससँग रकम खुलाएका थिए । ‘यो यथोचित क्षतिपूर्ति हो भन्ने ठानेका छौं,’ वकिलको भनाइ, ‘माइलीले गीतबाट थप नाफा कमाउन नपाऊन् ।’


यसबारे गायिका चाहिँ मौन छिन् । सञ्चारकर्मीको जिज्ञासा पनि मेटाइरहेकी छैनन् । बरु, अमेरिकाको स्टोनम्यान हाई स्कुलमा गत महिना भएको गोली प्रहारका घाइतेको समर्थनमा उनले ट्वीट गरिरहेकी छन् । ‘गोली आतंक बन्द गरौं’, उनी लेख्छिन्, ‘परिवर्तन, एकता र स्वास्थ्यप्रद्को सन्देश फैलाऔं ।’

प्रकाशित : चैत्र ४, २०७४ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?