कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नवीनको ‘चाहना एउटै...’

काठमाडौँ — गायक नवीन के भट्टराईको ‘चाहना एउटै मेरो...’ बोलको गीत श्रोतामाझ आएको छ । उनले दुई वर्षपछि नयाँ गीत बाहिर ल्याएका हुन् । जेशिका कँडेलले लेखेको गीत नवीनले नै संगीतबद्ध गरेका हुन् । मोहित मुनालले अरेन्जमेन्ट गरेका छन् ।

नवीनको ‘चाहना एउटै...’

पप शैलीको गीतलाई श्रोताले मन पराउँछन् भन्नेमा आशावादी रहेको नवीनले बताए ।

‘बीचमा अलि व्यस्त भएकाले नयाँ गीत निकाल्न सकिनँ,’ गायकले भने, ‘अब चाँडै एल्बम लन्च गर्ने तयारीमा छु ।’ पछिल्लो गीतको म्युजिक भिडियो अस्ट्रेलियामा छायांकन गरिएको बताए । यसमा मोडल प्रकृति श्रेष्ठ र किशोर कँडेललाई देख्न सकिन्छ । किशोरले नै भिडियो निर्देशन गरेका हुन् । नविनले यसअघि ‘थाहै नपाई...’, ‘के सौन्दर्य हुन्छ...’, ‘फिका फिका छ...’ जस्ता गीत निकालेका थिए ।

प्रकाशित : चैत्र ४, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?