कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

माया गर्छु भन्नेले...

चन्द्रपुर (रौतहट) — चन्द्रपुर महोत्सवमा आइतबार गायक हेमन्त शर्माले मनोरञ्जन दिए । ‘माया गर्छु भन्नेले माया देखाइदेऊ’ गीत गाउँदै अपराह्न स्टेज चढेका गायकलाई दर्शकश्रोताहरूले पनि साथ दिए ।

माया गर्छु भन्नेले...

चन्द्रपुर सिटी जेसिसद्वारा आयोजित महोत्सवमा दिनहुँ कलाकारहरूको प्रस्तुति हुने गरेको छ । हेमन्तले भोजपुरी गीत ‘लभ्लीलभ्ली अँखिया तोहर, लभ्लीलभ्ली गाल’ गाउँदै किशोरदेखि अधबैंसे पुस्तासम्मलाई नचाए । उनले ‘डमडम बज्यो लगनको बाजा, मै अघि बढौं झैं भयो आज,’ ‘जाली रुमाल,’ ‘उकाली जाँदा,’ ‘जमिनमुनि बदाम फल्यो,’ ‘गुडेको रेल,’ ‘माया त यस्तै हो’ जस्ता गीत पनि सुनाए ।

दर्शकश्रोता कोही भिडियो खिच्न त कोही फोटो खिच्न तँछाडमछाड गरिरहेका देखिन्थे । आयोजकसमेत मञ्चमा सेल्फी लिन अघिपछि गर्दै थिए । मञ्चमा अतिथि बनेर बसेकाहरूलाई समेत गायकले नचाए । साँझ ढल्दै जाँदा दर्शकदीर्घा हतार बिर्साउन कमर मर्काइरहेका भेटिन्थे । भीडमा नचाच्ने कोही भएनन् ।

हेमन्तले दर्शकश्रोताको फर्माइस पूरा गर्न बिर्सिएनन् । उनले ‘कुसुम’ गीत गाउँदै प्रस्तुतिको बिट मारेका थिए ।

प्रकाशित : चैत्र ५, २०७४ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?