कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

छोराभन्दा आमिर तन्नेरी

काठमाडौँ — कुमार बस्नेतको एउटा चर्चित गीत छ– ‘छोरीभन्दा आमा तरुनी...’ । बलिउड अभिनेता आमिर खान र उनका छोरा जुनैदको सन्दर्भमा यही गीत फिट हुन्छ ।

छोराभन्दा आमिर तन्नेरी

आमिर आफूलाई फिट राखेकै कारण तन्नेरी देखिन्छन्, उनका छोरा भने आमिरभन्दा जेठो । पछिल्लो फिल्म ‘सिक्रेट सुपरस्टार’ रकस्टारको भूमिका गरेका आमिर त्यसमा उनी निकै तन्नेरी देखिएका थिए । यतिसम्म कि, छोरा जुनैदसँगै हिँडदा आमिर नै कम उमेरको देखिने तस्बिर राखेर भारतीय मिडियाहरूले तुलना गरिरहेका छन् ।

जुनैद बुबा आमिरसँगै विभिन्न इभेन्टमा देखिने गर्छन् । जुनैद आमिर र उनकी पहिली पत्नी रिना दत्तका छोरा हुन् । सन् २००२ मा आमिरले रिनासँग डिभोर्स गरेपछि आफ्ना छोराछोरीको जिम्मेवारी रिनाले लिएकी थिइन् ।

२२ वर्षीय जुनैदको बलिउड प्रवेशबारे कुनै आधिकारिक खबर आएको छैन । पर्दापछाडि भने उनले निकै काम गरेका छन् । उनले निर्देशक राजकुमार हिरानीको सहायक भएर समेत काम गरिसकेका छन् ।

प्रकाशित : चैत्र ५, २०७४ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?