सलमानकाे रेस-३ काे पाेष्टर सार्वजनिक

काठमाडौँ — सलमान खानकाे अागामी फिल्म रेस–३ को पोष्टर सार्वजनिक भएकाे छ  । बलिउड स्टार खानले सोमबार आफ्नो ट्विटर एकाउन्टमा फिल्मको फस्ट लुक्स सार्वजनिक गरेका छन् ।

सलमानकाे रेस-३ काे पाेष्टर सार्वजनिक

फिल्ममा उनी सिकन्दरको भूमिका रहने उल्लेख गरेका छन् । ट्विटरमा रेस–३ को पोष्टर सार्वजनिक गर्दै सलमानले लेखेका छन्, ‘यो हप्ता रेस–३ को परिवारलाई मिलाउनेछु । मेरो नाम सिकन्दर हो । सेल्फलेस ओभर सेल्फिस । यो इदमा रेस–३ ।’ पोष्टरमा सलमान एक हातमा बन्दुक बोकेर कालो सर्ट र टाटा पेन्टमा छन् ।

रेमो डिसोजाको यो फिल्ममा अनिल कुपुर, जेकेलिन फर्नान्डिज्, बबि देओल, सकिव सलिम र डेजी साहको मुख्य भूमिका रहेको छ ।

फिल्म इद पर्वको अवसर पारेर जुन १५ तारिखमा रिलिज हुने बताईएको छ ।

प्रकाशित : चैत्र ५, २०७४ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?