कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आध्यात्मिक प्रेम

काठमाडौँ — जीवनमा धेरै सम्बन्ध जोडिन्छन्, टुट्छन् र फेरि जोडिन्छन् । मिलन र बिछोड चलिहरने प्रक्रिया हुन् । बलिउड अभिनेत्री कंगना रनौतले यसलाई राम्ररी अनुभूति गरेकी छन् । त्यसैले उनका प्रेम र सम्बन्धबारे प्रतिक्रियाहरू बोल्ड हुने गर्छन् ।

आध्यात्मिक प्रेम

उनी प्रेम र आफूसँग जोडिएका विगतका सम्बन्धबारे गहिरो समीक्षा पनि गर्ने गर्छिन् । उमेरको एकतीसौँ खुडकिलोसम्म आइपुग्दा उनको कति जनासँग सम्बन्ध जोडियो र तोडियो पनि । तर, कुनै पनि प्रेमसम्बन्ध तोड्नमा आफ्नो हात नरहेको उनी बताउँछिन् ।

‘अरूले चाहिँ बरु मलाई डम्प गरेका हुन्, मैले अरूलाई होइन,’ उनले भनेकी छन्, ‘केही फर्केर आउन पनि खोजे, तर उनीहरूले नै आफ्नो बाटो बन्द गरे ।’

आफूले एक समयका प्रेमीबारे धेरै कुरा थाहा पाउँदा तिनले ‘कसरी थाहा पायौ ? तिमी काला जादू गछर्यौ’ भन्दै संकुचित धारणा प्रकट गरेको कंगना सुनाउँछिन् । उनका अनुसार, त्यो प्रकरणले प्रेम भन्ने कुरो शारीरिक होइन, आध्यात्मिक हुँदा राम्रो हुने अनुभव गराएको थियो । उनले भनेकी छन्, ‘मेरा थुप्रै अफेयर भए । हरेक ब्रेकअपपछि मैले लभ–लाइफमा आफ्नो क्षमता हराउँदै गएको पाएँ । अनि पाएँ मेरा लागि प्रेमले केवल शारीरिक नभई आध्यात्मिक अर्थ राख्ने रहेछ ।’

त्यसैले उनका अनुसार, शारीरिक सम्बन्धलाई प्रेम ठान्नेहरू गलत हुन्छन् । ‘माया यस्तो अनुभूति हो जसले मान्छेको पूरै जीवन सुगन्धित बनाउँछ,’ उनले भनेकी छन्, ‘यद्यपि त्यो व्यक्ति तपार्इंको छेउछाउ होस् या नहोस्, फरक पर्दैन ।’

प्रकाशित : चैत्र ६, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?