‘कसैका लागि प्रमाणित गर्नु थिएन’

काठमाडौँ — अमेरिकी गायिका सेलेना गोमेजले सोमबार अस्ट्रेलिया भ्रमणका क्रममा डुंगामाथि विकिनी लगाएर बसेको फोटो सार्वजनिक भएपछि थुप्रै प्रतिक्रिया आए ।

‘कसैका लागि प्रमाणित गर्नु थिएन’

केहीले २०१७ मा उनको किड्नी ट्रान्सप्लान्ट गर्दाका शरीरका घाउहरूमाथि गम्भीर आलोचना गरे । केहीले सेलेनाका फोटोहरू आफ्ना पूर्वप्रेमी जस्टिन विवर लक्षित भएको प्रतिक्रियासमेत दिए ।

मंगलबार २५ वर्षीया सेलेनाले आफ्नो इन्स्टाग्राममा भ्रमणको भिडियो राखेकी छन् । उक्त भिडियोमा उनले आफूभन्दा पनि आफ्ना साथीहरूको क्लिप बढी देखाएकी छन् । भिडियोसँगै उनले लेखेकी छन्, ‘शारीरिक पूर्णता र सौन्दर्यका पौराणिक कथाहरूका कारण आधुनिक महिलालाई पासोमा पारिदिन्छ । समाजको सौन्दर्यको परिभाषाअनुरूप आफूलाई बदल्न खोज्दा महिलामा निराशा, आत्मचेतना, र आत्मघृणा पैदा हुन्छ ।’ उनले थपेकी छन्, ‘मैले आफ्नै स्वास्थ्यलाई प्राथमिकतामा राखेँ । कसैलाई केही प्रमाणित गर्न भने होइन ।’

गोमेजलाई ‘लुपुस’ नामक रोग लागेपछि नयाँ किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने भएको थियो । उनको मिल्ने साथी फ्रान्सिया रैसाले गोमेजलाई आफ्नो किड्नी दिएकी थिइन्, जसलाई गोमेजले ‘अल्टिमेट गिफ्ट एन्ड स्याक्रिफाइज×’ भनेर वर्णन गरेकी छन् ।

प्रकाशित : चैत्र ७, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?