एक महिनामै ‘माछीले खाने....’ करोड क्लवमा

काठमाडौँ — ‘आई लभ यु...’ गीतबाट करोड भ्यूज कमाएका गायक सरोज ओलीले तेस्रो गीत एक महिना नपुग्दै करोड भ्यूज पाएका छन् । मेलिना राईसमेतको आवाज रहेको ‘माछीले खाने खोलीको लेऊ...’ गीतले तीन महिनामै यूट्यूबमा करोड दर्शक पाएको छ ।

एक महिनामै ‘माछीले खाने....’ करोड क्लवमा

जनवरी २४ तारिखका दिन अपलोड भएको उक्त गीतले एक महिना नपुग्दै बुधबार एक करोड १ लाख लाखभन्दा बढी भ्युअर्स पाएको छ ।


यूट्यूबमा आफ्नो गीतलाई रुचाइएको खुशी साटासाट गर्न बुधबार गायक ओलीले गीतका लेखक तथा कलाकारहरुलाई जमघट गराए । उनले केक काटेर गीतको टिमसँग खुसीयाली साटे ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले लेखेको उक्त गीतमा नायिका प्रियंका कार्कीसहित कार्टुन्ज क्रुज्का सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य छ ।

गीतका लेखक थपलियाले ‘माछीले खाने खोलीको लेऊ...’ लोकलयमा आधरित आधुनिक गीत भएको बताए । ‘मलाई क्लासिकल गीत मन पर्छ, त्यस्तै गीत लेख्छु,’ उनले भने, ‘यो गीत हिट हुनुको पछाडि गायन र संगीतसँगै नृत्यले पनि काम गरेको छ ।’


कार्टुन्ज क्रुज्का सरोज अधिकारी र आश्मा विश्वकर्माले आफूहरुले नृत्य गरेका गीतमध्ये ‘माछीले खाने खोलीको लेऊ...’ ले छोटो समयमै उल्लेख्य दर्शक पाएको बताए । दुवैको एउटै भनाइ थियो, ‘धेरै उत्साह थप्ने गीत हामीले पायौं ।’


वसन्त सापकोटाको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको यो गीतको भिडियो शुभ मिडिया होमको ब्यानरमा निर्माण गरिएको छ ।


शुभ मिडियाले वर्षमा मीमित भिडियोहरु निर्माण गरेपनि ती उत्कृष्ट हुने गरेको गायक ओलीको भनाइ छ । ओलीले आफ्नो ‘पानी कुवाको’ गीत चाँडै नै सार्वजनिक गर्ने जानकारी दिए । उनको अर्को गीत ‘जता जता पिरतीको बाटो...’ ले पनि झण्डै ९० लाख दर्शक पाएको छ ।



प्रकाशित : चैत्र ७, २०७४ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?