२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘लिलीबिली’ को रोड सो

काठमाडौँ — जापानमा रेड कार्पेट प्रिमियर गरेर फर्केको फिल्म ‘लिलीबिली’ टिमले राजधानीमा आफ्नो रोड सो टुंग्याएको छ ।

‘लिलीबिली’ को रोड सो

रोड सोअन्तर्गत मोफसलमा धरान, बिर्तामोड, दमक, इटहरी, हेटौंडा, चितवन र पोखरा हुँदै राजधानीका तीनवटा जिल्लामा कसन्र्ट गरिएको थियो ।

मोफसलमा फिल्मकै गायकद्वय एसडी योगी र नेपाल आइडल विजेता प्रताप दासले गाएका थिए भने फिल्मका कलाकार प्रदीप खड्का र जसिता गुरुङले नृत्य गरेका थिए । राजधानीमा भने प्रदीप, जसिता लगायतको टोलीले नाचे । रोड सोको क्रममा दर्शकले दिएको साथबाट आफू हौसिएको अभिनेता खड्काले बताए ।

भक्तपुर, कीर्तिपुर, गोंगबु, लगनखेलमा गरिएको रोड सोमा दर्शकको साथ सोचेभन्दा बढी भएको निर्माता गोविन्द शाहीले दाबी गरे । प्रदीप र जसितासँग सेल्फी खेच्न भीड बढेपछि लगनखेलमा प्रहरीले दुवै कलाकारलाई भ्यानमा हालेर लगेका थिए ।

टोली केही दिनअघि मात्रै जापानबाट रेड कार्पेट प्रिमियर गरेर फर्केको थियो ।

टोकियोको रेडकार्पेटपछि जापानमा अन्य ८ वटा सो थपिएको निर्माता शाहीले बताए । मिलन चाम्सको निर्देशन रहेको फिल्म काफिया फिल्म्स, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । सुदीप बरालले खिचेको फिल्ममा प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनीष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।

फिल्म यही चैत ३० गते शुक्रबार रिलिज हुँदै छ ।

प्रकाशित : चैत्र २५, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?