१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बेलायतमा नेपाली मोडलहरुको क्याटवाक

नवीन पोखरेल

लन्डन — बेलायतमा सौन्दर्य पेशा गर्दै आएका नेपाली महिलाहरुको संस्था ‘प्रोफेशनल ब्युटी असोसिएसन यूके’ ले शनिबार अल्डरसटमा फेशन शो सहित मेक अप प्रतिस्पर्धा गरेको छ ।

बेलायतमा नेपाली मोडलहरुको क्याटवाक
बेलायतमा नेपाली मोडलहरुको क्याटवाक

प्रतिस्पर्धामा अन्जली केसीले डिजाइन गरेका पोशाकहरु लगाएर मिस नेपाल यूके २०१७ का सातजना प्रतियोगीले क्याटवाक गरेका थिए । क्याजुअल, गाउन र ब्राइडल ड्रेस पहिरिएर तीन सिक्वेन्समा मोडलहरु र्‍याम्पमा उत्रिएका थिए । फेशन शोको कोरियोग्राफी माला गुरुङले गरेकी थिइन् ।

बेलायतमा नेपाली मोडलहरुको क्याटवाक

बेलायतमा नेपाली मोडलहरुको क्याटवाक

प्रोफेशनल ब्युटी असोसिएसन नेपालकी अध्यक्ष कमला श्रेष्ठको उपस्थितीमा भएको उक्त कार्यक्रममा उनले नेपाली महिला सौन्दर्य व्यवसायीहरुले विदेशको व्यस्तताका बीच आफ्नो सीप र पेशालाई बचाइरहेको पाउँदा आफू खुशी भएको बताइन् ।

बेलायतमा नेपाली मोडलहरुको क्याटवाक

स्थानीय डिजाइनर, मेक अप आर्टिष्ट र युवालाई प्लेटफर्म दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रोफेशनल ब्युटी एसोसिएसन यूकेकी अध्यक्ष सुनिता थापाले बताइन् ।

बेलायतमा नेपाली मोडलहरुको क्याटवाक

तस्बिर साैजन्य: कुशल श्रेष्ठ


प्रकाशित : चैत्र २६, २०७४ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?