कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'ह्याप्पी डेज'को प्रदर्शन मिति जुर्‍यो

लन्डन — बेलायतस्थित नेपाली व्यवसायीहरुले निर्माण गरेको चलचित्र 'ह्याप्पी डेज' को अन्तत: प्रदर्शन मिति जुरेको छ ।गत माघ १२ गते नै रिलिज हुने तय भए पनि विभिन्न कारणले रोकिएको ह्याप्पी डेज वैशाख १४ गतेदेखि नेपालभर प्रदर्शन हुन लागेको हो ।

'ह्याप्पी डेज'को प्रदर्शन मिति जुर्‍यो

बेलायत स्थायी बसोवास गर्ने मिलन चाम्सले निर्देशन गरेको उक्त फिल्मको रेड कार्पेट प्रिमियर शो केही महिनाअघि बेलायतमा भइसकेको थियो ।


त्रिकोणात्मक प्रेम र धोकाधडीमा आधारित हयाप्पी डेज बेलायतको राजधानी लन्डन, स्कटल्यान्ड र वेल्समा करिब ९५ प्रतिशत छायांकन गरिएको फिल्म हो जसमा दयाहाङ राई र प्रियंका कार्कीको जोडी र उनीहरुको सम्बन्धमा आउने उतारचढाव हेर्न सकिनेछ । प्रियंका, दयाहाङ, सञ्जय गुप्ता, विक्की जोशी, रितेश चाम्स, मोनिका गुरुङलगायत कलाकारले अभिनय गरेको उक्त चलचित्रले आम नेपालीको बेलायत टेक्ने सपना, यहाँ आइसकेपछि रातो पासपोर्टको महत्वकांक्षा, आप्रवासीले भोग्नुपर्ने अप्ठेरोजस्ता सामाजिक विषयवस्तुलाई उजागर गरेको छ ।


लन्डन सिने आई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बीपी खनाल, भवानी शर्मा, हिरल जोशी, निर्देशक चाम्स स्वयं र डा. अशोक बन्सालले फिल्म निर्माण गरेका हुन् ।


प्रस्तुतकर्ता वी पी खनालले नेपाली चलचित्रको गुणस्तर अभिवृद्धि र विकासका लागि चुनौति लिएर सम्पूर्ण छायांकन बेलायतमै गरिएको बताए । उक्त चलचित्रको लगानी अढाइ करोड रुपैयाँ पुगेको दाबी निर्माण पक्षको छ ।


पछिल्लो समय मिलन चाम्स नेपाली चलचित्र उद्योगमा स्थापित भइरहेका छन् । उनी निर्देशित बेलायत र टर्कीमा समेत छायांकन गरिएको चलचित्र लिलीबिली यही चैत्र ३० गतेदेखि देशभर प्रदर्शन हुने तयारीमा छ । चाम्सका यसअघि वीर विक्रम, ब्लाइन्ड रक्स आदि फिल्मले पनि राम्रो चर्चा बटुलेका थिए ।

प्रकाशित : चैत्र २८, २०७४ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?