२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नयाँ मिस नेपाल भन्छिन्–“ब्युरोक्रेसी सच्चिनुपर्छ”

‘समृद्ध र सुखी नेपाल बनाउन तीन महत्वपूर्ण काम के गर्नु पर्ला ?’ शृङ्खलाले भनिन्, ‘ब्युरोक्रेसी व्यवस्थित बनाउनुपर्छ, युवा सशक्तीकरणमा जोड दिनुपर्छ र हामी गर्न सक्छौँ भनेर सबैले विश्वास गर्नुपर्छ ।’
मधु शाही

काठमाडौँ — मिस नेपाल वल्र्ड–२०१८ को नाम घोषणा भइसकेपछि स्टेजको लाइट अचानक अफ भयो । आफ्नै नाम सुनेर खुसीको आँसु झार्दै गरेकी शृङ्खला खतिवडालाई पूर्व मिस नेपाल निकिता चाण्डकले अँध्यारोमै मिस नेपाल वल्र्ड–२०१८ को ताज पहिराइन् ।

नयाँ मिस नेपाल भन्छिन्–“ब्युरोक्रेसी सच्चिनुपर्छ”

हेटौंडा घर भएकी २२ वर्षीया शृङ्खलाले ताजसहित एक लाख रुपैयाँ पुरस्कार पाइन् । उनले ब्युटी विथ पर्पस र फेस अफ फसिनो गरी अन्य दुई टाइटल अवार्ड पनि हात पारिन् । उनलाई पछ्याउँदै काठमाडौंकी २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल, काठमाडौंकै २३ वर्षीया प्रिया सिग्देल मिस नेपाल अर्थ र गोर्खाकी २२ वर्षीया मनिता देवकोटा मिस नेपाल युनिभर्स भए ।

ताजसहित यी तीनजनाले पनि जनही एक–एक लाख पाए । दि हिडन ट्रेजरले बुधबार दरबारमार्गस्थित होटल अन्नपूर्णमा गरेको २३ औं मिस नेपाल संस्करणमा शृङ्खलाले २४ जनालाई उछिनेकी हुन् ।

प्रतियोगीहरूलाई प्रमुख निणार्यक नेपाल ट्रस्ट अफ नेचर कन्जरभेटिभका सदस्य सचिव गोविन्द गजुरेलले ‘समृद्ध र सुखी नेपाल बनाउनका लागि तीन महत्त्वपूर्ण काम के गर्नु पर्ला ?’ भन्ने मौखिक प्रश्न सोधेका थिए । शृङ्खलाले कुनै भूमिका नबाँधी सिधै जवाफ दिएकी थिइन् । बुँदागत रूपमा उनले अंग्रेजीमा भनेकी थिइन्, ‘ब्युरोक्रेसी व्यवस्थित बनाउनु पर्छ, युवा सशक्तीकरणमा जोड दिनुपर्छ र हामी गर्न सक्छौं भनेर सबैले आफूले आफैंलाई विश्वास गर्नुपर्छ ।’

उनको यही सटिक र अर्थपूर्ण जवाफले नै उनलाई विजेता बनाएको हो । परिचय राउन्डदेखि उनी निकै आत्मविश्वासी देखिन्थिन् । त्यस्तै, मिस नेपाल इन्टरनेसनल भएकी रोनालीले मिस ट्यालेन्ट, मिस नेपाल युनिभर्स मनिताले मिस ग्लामर र मिस नेपाल अर्थ प्रियाले ब्युटी विथ पर्पसको टाइटल अवार्ड समेत पाए । प्रतियोगितामा आश्मा साखले मिस कन्फिडेन्ट, सन्ध्या अधिकारीले पपुलर च्वाइस, सायरा लामाले फ्रेन्डसिप, महिमा सिंहले फोटोजेनिक, लक्ष्मी पौडेलले मिस पङचुअलिटी, आश्मा ढुंगानाले मिस इन्टेलेक्चुअल, मेघा श्रेष्ठले ऐथलेट टाइटल अवार्ड पाए ।

निर्णायक मण्डलमा राजनीतिकर्मी रवीन्द्र मिश्र, अभिनेत्री अशिष्मा नकर्मी, चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेल, पुर्व मिस नेपाल इभाना मानन्धर लगायत थिए । मिस नेपालको प्रस्तुति यो वर्ष भने अत्यन्त फरक थियो । पहिलो राउन्डमा वानपिसमा देखिएका प्रतियोगीहरू अन्तिम राउन्डमा गोल्डेन गाउनमा सजिएका थिए । अन्तिममा सहभागीले हारे पनि हार जस्तो अनुभूति गरेनन् । उनीहरूले सामूहिक गीत गाएर प्रतियोगिता टुंग्याए ।

प्रकाशित : चैत्र २९, २०७४ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?