‘दोख’ को फस्टलुक

काठमाडौँ — नयाँ वर्षको सन्दर्भ पार्दै फिल्म ‘दोख’ ले शुक्रबार फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरलाई फिल्मको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो ।

‘दोख’ को फस्टलुक

सोसल ड्रामा र वार जानरामा निर्मित ‘दोख’ लाई अनुप बरालले निर्देशन गरेका हुन् । ‘फिटकिरी’ मार्फत फिल्म निर्देशन थालेका बरालको ‘दोख’ दोस्रो हो । फिल्ममा राजन कठैतको कथा/पटकथा रहेको छ ।

शैलेन्द्र डी कार्कीले छायांकन गरेको ‘दोख’ भोजपुरको सुन्तले र बाघखोर वरपरको भूगोलमा खिचिएको हो । उक्त क्षेत्रमा यसअघि फिल्मको छायांकन भएको थिएन । निर्देशक बरालले द्वन्द्वकालीन समयमा नेपालका अलगअलग भूभागमा घटेका केही घटनाको संयोजनबाट बुनिएको फिक्सनल स्टोरी फिल्ममा भएको बताए । भने, ‘जुन स्टोरीले गाउँमा हुने फुटबल खेलसँग जोडिएर पावर, पोलिटिक्स र रिभेन्जको एउटा अनौठो तानाबुना बुन्छ ।’

फिल्ममा दिया मास्के, मनीष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दीप, सुरज मल्ल, देव न्यौपाने, अनोज पाण्डे, सजन थापा, कमल देवकोटा, किरण चाम्लिङ, केशव राई, दिवज राईलगायत कलाकारको मुख्य अभिनय रहेको छ ।

एसजीटी प्रोडक्सन र ग्रिन हिल इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘दोख’ लाई सविन ज्ञावलीले निर्माण गरेका हुन् । फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् । गीत श्रवण मुकारुङले लेखेका छन् भने संगीत आभासले भरेका छन् । संगम पन्तको संगीत रहेको फिल्ममा नेपथ्य ब्यान्डका अमृत गुरुङले शीर्ष गीत गाएका छन् ।

प्रकाशित : वैशाख २, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?