कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीदेवीलाई मरणोपरान्त नेसनल अवार्ड

काठमाडौँ — दुबईमा भएको असामयिक निधनको डेढ महिनापछि बलिउड अभिनेत्री श्रीदेवीले ६५ औं नेसनल फिल्म अवार्ड जितेकी छन् । उनलाई फिल्म ‘मोंम’ का लागि उक्त अवार्ड दिने भएको हो ।

श्रीदेवीलाई मरणोपरान्त नेसनल अवार्ड

‘मोंम’ मा श्रीदेवीले पाकिस्तानी नायिका सेजल अलीको सौतेनी आमाको भूमिका निर्वाह गरेकी छन् । जसमा उनी सौतेनी छोरीको बलात्कारीसँग बदला लिन्छिन् । करिअरमा झन्डै तीन सय फिल्ममा अभिनय गरेकी श्रीदेवीको यो नै पहिलो नेसनल अवार्ड हो ।

‘न्युटन’ लाई यस वर्षको उत्कृष्ट हिन्दी फिल्मतर्फको नेसनल अवार्ड दिँदा अभिनेताको अवार्ड भने रिद्धि सेनले बंगाली फिल्म ‘नगरकीर्तन’ बाट हत्याए । कतिपयले उक्त अवार्ड ‘न्युटन’ कै राजकुमार रावले पाउन सक्ने अनुमान लगाएका थिए । बरु उक्त फिल्मका अर्का अभिनेता पंकज त्रिपाठीले स्पेसल अवार्ड पाए । शुक्रबार घोषणा गरिएको विजेताको नामावलीमा ‘बाहुबली २’ ले द्वन्द्व निर्देशन र पपुलर फिल्मको अवार्ड जितेको छ । हिन्दी फिल्मभन्दा क्षेत्रीय फिल्मको वर्चस्व रहेको नेसनल अवार्डको विजयी सूचीमा असमिया फिल्म ‘भिलेज रकस्टार’ समेत उत्कृष्ट फिल्म बनेको छ । उत्कृष्ट निर्देशकको नेशनल अवार्ड मलयाली फिल्म ‘भयानकम’ का जयराजलाई दिइने भएको छ । सहअभिनेत्रीतर्फ ‘इरादा’ फिल्मकी दिव्या दत्ताले जित्दा दादा साहेब फाल्के अवार्ड भने विनोद खन्नालाई दिने निर्णय गरिएको छ । एआर रहमानलाई ‘मोम’ को ब्याकग्राउन्ड म्युजिक र ‘कात्रु भेलिऐदे’ का लागि उत्कृष्ट संगीतकारको दुई नेसनल अवार्ड मिलेको छ । जुरी अवार्ड ‘नगरकीर्तन’ लाई दिइएको छ ।

प्रकाशित : वैशाख २, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?