१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

यी हुन् करोड भ्युज कटाउने ४ आधुनिक गीत

काठमाडौँ — पछिल्लो समय गीतको लोकप्रियता युट्युब भ्युजको आधारले मापन गरिन्छ । गतवर्ष धेरै नेपाली गीतले करोड क्बलमा प्रवेश गरे । ती मध्ये ४ वटा आधुनिक गीतलाई एक करोड भन्दा धेरै पटक हेरिएको छ ।  

यी हुन् करोड भ्युज कटाउने ४ आधुनिक गीत

माछीले खाने खोलीको लेऊ

गतवर्ष सरोज ओली र मेलिना राईले गाएको ‘माछीले खाने खोलीको लेऊ’ गीत लोकप्रिय बन्यो । यो गीत एक महिनामा १ करोड पटक हेरिएको थियो ।


परम्परागत नेपाली पहिरनमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा र सरोज अधिकारीले फिचरिङ गरेको भिडियोलाई युट्युबमा १ करोड ३४ लाख भन्दा धेरै पटक हेरिएको छ ।


भाइरल भै दियो

सविन कार्की र उनको समूहले फिचरिङ गरेको ‘भाइरल भैदियो’ बोलको गीतलाई युट्युबमा १ करोड ५४ लाख भन्दा धेरै पटक हेरिएको छ ।


मानष राजको शब्दरचना, संगीत तथा स्वरमा रहेको गीतमा उदयराज पौडेलले संगीत संयोजन दिएका छन् । कार्की आफैले कोरियोग्राफी गरेको म्युजिक भिडियो गीतको बोल ‘भाइरल भैदियो’ जस्तै भाइरल भयो ।


कसरी भनुँ

युवा पुस्तामा माझ लोकप्रिय रहेका गायक स्वप्न सुमनको गीत ‘कसरी भनुँ’ पनि चर्चित बन्यो । आफ्नै शब्द, संगीत र आवाजमा स्वप्नले गाएको गीतको लिरिकल भिडियोलाई युट्युबमा १ करोड ४८ लाख भन्दा धेरेपटक हेरिएको छ ।


दिलको भित्तामा

कार्टुन्ज क्रुद्वारा अभिनित ‘दिलको भित्ता’ मा बोलको गीतले पनि गत वर्ष चर्चा बटुल्यो । आश्मा र सरोजले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई युट्युबमा १ करोड २९ लाख भन्दा धेरै पटक हेरिएको छ ।

प्रकाशित : वैशाख ३, २०७५ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?