१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

यी हुन् बलिउड कलाकारका महंगा अंगरक्षक

एजेन्सी

काठमाडौँ — बलिउड कालकारहररुको हरेक गतिविधिको बारेमा चासो हुन्छ । सधैँ सुरक्षाकर्मीका साथ हिँड्ने यी सुपरस्टारहरुको सुरक्षा अाखिर कसले गर्छ ? 

यी हुन् बलिउड कलाकारका महंगा अंगरक्षक

भारतीय सिनेमा उद्योग पछिल्ला वर्षहरुमा धेरै फिल्म निर्माण गर्ने मुलुकहरुको रुपमा चिनिन्छ । भारतमा वार्षिक हजारभन्दा बढी फिल्म निर्माण हुन्छन् । सन् २०१७ मा मात्रै भारतमा एक हजार ९ सय ८६ वटा फिल्म निर्माण भए ।


भारतमा बलिउड, तलगु, तामिल लगायतका फिल्मी उद्योगहरु छन् । ती मध्ये बलिउडले ४३ प्रतिशत बजेट हिस्सा ओगेटको छ । विश्वभर बलिउडका साढे तीन अर्ब टिकटहरु वार्षिक रुपमा बिक्री हुन्छन् । हलिउड पछिको दोस्रो फिल्म उद्योगको रुपमा चिनिएको बलिउडले एक सय वर्ष मनाइसकेको छ ।


बलिउडमा स्थापित हुनु चानचुने कुरा हैन । बलिउडले एउटा स्टारलाई सबै दिन्छ । यहाँ स्टारहरुको ब्राण्ड भ्यालू करोडौंको छ ।


आफ्नो सुरक्षाका लागि उनीहरुले बडिगार्ड (अंगरक्षक) राखेका छन् । त्यो पनि आकर्षक तलब दिएर । बलिउड सुपरस्टारका अंगरक्षकले वार्षिक साढे दुई करोड भारुसम्म परिश्रमिक लिने गरेका छन् । बलिउडका केही सेलिब्रेटीको सुरक्षमा खटिने अंगरक्षक र तिनले लिने पारिश्रमिकबारे चर्चा गर्नेछौँ ।


सेरा : बलिउड कलाकारको बडिगार्डको चर्चा हुँदा सबैभन्दा पहिले आउने नाम हो सेराको । सेरा सलमान खानका अंगरक्षक हुन् । सेराले लामो समयदेखि सलमानको सुरक्षा गर्दै आएका छन् । उनलाई सलमानले आफ्नो पारिवारको सदस्यको रुपमा लिएका छन् । सेराले सलमानको सुरक्षा गरेबापत वार्षिक दुई करोड भारु परिश्रमिक पाउँछन् ।


रवि सिंह : रवि सिंह शाहरुख खानका बडिगार्ड हुन् । शाहरुखका अर्को बडिगार्ड यसिन खानले आफ्नै सेक्युरिटी कम्पनी खोल्ने भएपछि रवि सिंहले शाहरुखको सुरक्षा दिंदै आएका छन् । रविले वार्षिक साढे दुई करोड भारु शाहरुखको सुरक्षा गरेबापत पारिश्रमिक लिन्छन् ।


युवराज घोरपडे: बलिउडमा मिस्टर ‘पर्फेक्सनिष्ट’ को रुपमा चिनिने अमिर खानले आफ्नो सेक्युरिटी पनि पर्फक्ट राख्नु नै पर्‍यो ।

उनले युवराज घोरपडेलाई वार्षिक दुई करोड भारुमा आफ्नो सुरक्षार्थमा राखेका छन् ।


जीतेन्द्र सिन्दे : ‘बीग बी’को उपनाम पाएका अभिनेता अमिताभ बच्चनका अंगरक्षक जीतेन्द्र सिन्देको वार्षिक तलब डेढ करोड भारु छ ।



स्रिसे थले : बलिउड स्टार अक्षय कुमारका बडिगार्ड हुन् स्रिसे थले । अक्षयको सुरक्षा गरेबापत उनी वार्षिक एक करोड २० लाख भारु पारिश्रमिक लिन्छन् ।


जलाल: बलिउड अभिनेत्री दीपिका पादुकोणको बडिगार्डको नाम जलाल हो । पादुकोणले आफ्नो बडिगार्डलाई सेलिब्रेटी समेत बनाइदिइन् । रक्षाबन्धनमा जलाललाई लगाइदिएको राखी सामाजिक सञ्जालमा दिपिकाले हालेपछि एकाएक भाइरल भएको थियो । जलालको वार्षिक तलब ८० लाख भारु छ ।

प्रकाशित : वैशाख ४, २०७५ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?