‘चंगा’ को ‘कम्पनी माला’

काठमाडौँ — जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चंगा’ को पहिलो गीत ‘कम्पनी माला...’ रिलिज भएको छ । लोकलयको गीत राजेन्द्र थापाले लेखेका हुन् भने, संगीत राजनराज शिवाकोटीले दिएका हुन् ।

‘चंगा’ को ‘कम्पनी माला’

बुद्धि तामाङ, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमवर्षा शाहलगायत फिल्मका मुख्य कलाकार फिचरिङ उक्त गीतमा स्वर पनि शिवाकोटीले अञ्जु पन्तसँगै मिलेर गाएका छन् । भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ । किशोर भण्डारी ‘डिठ्ठासाब’ को निर्देशन रहेको फिल्मको पटकथा पनि भण्डारीकै हो । उनले फिल्म पूर्णत: कमेडी फ्लेभरको रहेको बताए । फिल्ममा राजनराजसँगै कमल खत्रीको संगीत समावेश छ भने छायांकन रविन आचार्यको रहेको छ । फिल्म रेश्माले बनाएकी हुन् ।

प्रकाशित : वैशाख ५, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?