कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘वीरांगना’ असार २९ मा

काठमाडौँ — नारीप्रधान फिल्म ‘वीरांगना’ असार २९ मा रिलिज हुने भएको छ । शिल्पा पोखरेल र अनुपविक्रम शाहीको अभिनय रहेको उक्त फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।

‘वीरांगना’ असार २९ मा

काठमाडौं (कास)–

बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार र विमला भट्टको संयुक्त निर्माण रहेको फिल्ममा शिल्पा र अनुपसहित पृथ्वीराज प्रसार्इं, धीरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोइराला, सुशील पोखरेल, अंशु थापा, अमृत सापकोटालगायत कलाकारहरूको अभिनय रहेको छ ।

फोर्थ आई मुभिजको ब्यानरमा निर्माण गरिएको ‘वीरांगना’ मा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । फिल्मलाई उपत्यकामा गोपालकाजी कायस्थ र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्ने बताइएको छ ।

प्रकाशित : वैशाख ५, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?