१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गायक पौडेलको ‘खुच्चिङ’

काठमाडौँ — रुञ्चे गायक प्रकाश पौडेलले नयाँ म्युजिक भिडियो ‘खुच्चिङ’ सार्वजनिक गरेका छन् । आफ्नै संगीत रहेको उक्त म्युजिक भिडियो पौडेलले युटुब मार्फत सार्वजनिक गरेका हुन् ।

गायक पौडेलको ‘खुच्चिङ’

मेघराज सापकोटाको शब्द रहेको उक्त म्युजिक भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन् । रामशरण उप्रेतीको छायाङ्कन रहेको खुच्चिङ म्युजिक भिडियोलाई डिन्सोन शाहले सम्पादन गरेका छन् ।

पौडेलले घाँस काट्ने, ओई नेता, यता सुनन, डाक्टर साब, तिते पाती, भोली छुट्टी जस्ता दर्जनौ कमेडी गीतहरु बजारमा ल्याइसकेका छन् । नाई आमा मलाई त्यही केटी चाहिन्छ भन्ने रुञ्चे गीत गाएर चर्चाको शिखरमा पुगेका गायक पौडेल हाल रोजगारीको सिलसिलामा युएईमा छन् ।




प्रकाशित : वैशाख ७, २०७५ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?