१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नाति खेलाउने ऋषि कपुरको चाहना 

एजेन्सी

काठमाडौँ — ऋषि कपुर यो वर्ष ‘१०२ नट आवट’बाट बलिउडमा देखा पर्दै छन् । ऋषिका लागि यो फिल्म सन् २०१८ मा रिलेज हुने पहिलो फिल्म हो ।

नाति खेलाउने ऋषि कपुरको चाहना 

अभिताब बच्चनको समेत अभिनय रहेको उक्त फिल्मको प्रचारप्रसारका क्रममा भेट्रान नायक कपुरले आफ्ना छोरा रणवीरको बारेमा समेत बोले ।


छोरा रणवीरसँग आफ्नो सम्बन्ध केही फर्मल मात्र भएको बताए । ऋषिले आफ्नो बुवासँगको सम्बन्ध पनि त्यस्तै रहेको उल्लेख गरे ।


फिल्म प्रचारप्रसारका क्रममा ऋषिले आफ्नो छोराको विवाह र सन्तान हेर्ने इच्छा भएको बताए । उनले हजुरबुवाको भुमिका लागि आफू तयार रहेको समेत बताएको टाइम्स अफ इण्डियाले लेखेको छ ।

रणवीर यतिबेला उनको बहुप्रतिक्षित फिल्म ‘सञ्जु’को तयारीमा व्यस्त छन् । फिल्ममा रणवीर सञ्जय दत्तको भूमिकामा देखा पर्दैछन् । फिल्मको टिजरमा रणवीरले सञ्जय दत्तका विभिन्न भूमिका निर्वाह गरेका छन् । फक्स स्टार हिन्दीले यूट्युबमा हालेको एक मिनेट २५ सेकेण्डको फिल्मको टिजर यूट्युब ट्रेण्डिङको पहिलो नम्बरमा छ ।



प्रकाशित : वैशाख १२, २०७५ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?