कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

यिनै हुन् २०१८ को पहिलो चार महिनामा धेरै कमाउने बलिउड फिल्म

एजेन्सी

काठमाडौँ — बलिउड फिल्महरुले हिजोआज सय करोड भारु कलेक्शन गर्नु सामन्य हुन थालेको छ । कुनै समय नाम चलेका हिरोहरुले अभिनय गरेका फिल्महरुले मात्रै सय करोड ग्रस कलेक्शन गर्थे । कथावस्तु राम्रो भए बलिउड फिल्महरुले सजिलैसँग सय करोड कलेक्शन गर्न थालेका छन् ।

यिनै हुन् २०१८ को पहिलो चार महिनामा धेरै कमाउने बलिउड फिल्म

सन् २०१८मा बलिउडको लागि सुखद लक्षण देखिएको छ । अप्रिलसम्म ५ वटा फिल्महरुले सय करोड भारु कलेक्शन गरिसकेका छन् ।


पद्मावत


यो सञ्जय लिला भान्सालीको निर्देशन, दीपिका पादुकोण, शहिद कपुर र रणवीर सिंहको मुख्य भूमिका रहेको पदमावतले हालसम्म ५ सय ८५ करोड भारु ग्रस कलेक्शन गरेको छ । रानी पदमावतिको कथा समावेश भएको यो फिल्म दुई सय १५ करोड भारुमा निर्माण गरिएको थियो ।


बागी–२


एक्शन थ्रिलर बागी–२ ले बलिउडमा धुम मच्चाइरहेको छ । योङ स्टार टाइगर श्राफ र उनकी प्रेमिक दिसा पटानीको अभिनय रहेको यो फिल्मले दुई सय ४६ करोड कलेक्शन गरिसकेको छ । करिव सय करोड भारुमा यो फिल्म निर्माण भएको थियो ।


सोनुकी टिटुकी स्वीटी


लव रन्जनले निर्देशन गरेको कमेडी फिल्म सोनुकी टिटुकी स्वीटीले एक सय ४८ करोड भारु कलेक्शन गरेको छ । कम लागतमा निर्माण भएको यो फिल्मले लगानीको सय प्रतिशत नाफा कमायो ।

रेड


राजकुमार गुप्ताको निर्देशन र अजय देवगनको अभिनय रहेको क्राइम थ्रिलर रेडले एक सय ४२ करोड भारु कलेक्शन गरेको छ । यो फिल्म अहिले विभिन्न मुलुकहरुमा प्रदर्शन भइरहेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो फिल्म निर्माण गर्न करिब ५५ करोड भारुमा लागेको थियो ।


प्याडमेन


बायो ग्राफिल कमेडी ड्रामाको फिल्म प्याडमेनले यो वर्ष बलिउडमा हलचल नै मच्चायो । महिलाहरुको मासिक श्रावको कथावस्तुलाई समेटेर आर बाल्कीले निर्देशन गरेको यो फिल्ममा अक्षय कुमारले अभिनय गरेका छन् । ७० करोडको भारुमा निर्माण भएको यो फिल्मको वितरण अधिकार क्रीआर्ज इन्टरटेन्मेन्टले लिएको थियो ।


बलिउडमा यो वर्ष सलमान खानको रेस–३, रणवीर कपुरको सन्जु, अक्षय कुमारको गोल्डलगायतका अन्य फिल्महरु पनि रिलिज हुदैँछन् ।


प्रकाशित : वैशाख १३, २०७५ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?