बलिउड अभिनेत्री साेनम कपुर विवाह बन्धनमा बाँधिँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउड अभिनेत्री सोनम कपुर विवाह बन्धनमा बाधिँने भएकी छिन् । आफ्नो प्रेमी आनन्द अहुजासँग सोनमले विहे गर्न लागेकी हुन् । 

सोनम र आनन्दको विवाह यही मे ८ तारिखका दिन मुम्बईमा हुने दुवैका परिवारले जनाएका छन्।सोनमको विवाहको भव्य तयारीका लागि कपुर परिवार यतिबेला व्यस्त रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

३२ वर्षीया यी अभिनेत्री र आनन्द केही वर्षअघिदेखि प्रेम सम्बन्धमा थिए। विभिन्न कार्यक्रममा सोनम र आनन्दलाई सँगै देखिए पनि उनीहरुले सम्बन्धबारे आधिकारिक बताएका थिएनन्।

साेनमकाे हुनेवाला श्रीमान् अानन्द व्यापारी हुन्।

प्रकाशित : वैशाख १९, २०७५ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्

स्याङजामा चितुवाको बिगबिगी

चितुवाकाे आक्रमणबाट वर्षदिनमै २ सय ६० चौपाया मरे
प्रतिक्षा काफ्ले

स्याङजा — संख्या बढ्दै गएपछि स्याङजामा चितुवाले गाँउ प्रवेश गरी पशुचौपाया आक्रमण गर्ने क्रम बढ्न थालेको छ । पछिल्लो समय घर, सार्वजनिक स्थल र सरकारी कार्यालय वरपर पनि चितुवा देखिन थालेको छ ।

फाइल तस्बिर

यसै वर्ष मात्रै चितुवाको आक्रमणबाट स्याङजामा २ सय ६० वटा चौपाया मरेका छन्, जसमध्ये १ सय ४४ बाख्रा छन् ।

२०६९ सालयता स्याङजामा चितुवाको आक्रमणबाट ४ सय ७८ वटा चौपाया मरेका छन् । जसमा ३ सय २७ वटा बाख्रा, १९ वटा गोरु, १० वटा गाई, ५ वटा भैसी, १५ वटा बंगुर र एक सय २ वटा कुखुरा रहेका छन् । चितुवाको आक्रमणले चौपाया मेरेको भन्दै जिल्लाभर २ सय ७७ जनाले निवदेन दिएका छन् । जिल्ला वन कार्यालयमा परेका कुल निवेदनमध्ये २ सय ४० जनाले राहात लगिसकेको कार्यालयले जनाएको छ ।

कार्यालयका शाखा अधिकृत राजेन्द्र ढकालले जिल्लामा चितुवाको आक्रमण बढ्दो क्रममा रहेको बताए । 'हाम्रो जिल्लामा चितुवाको बिगबिगी छ,' उनले भने, 'चितुवाको आक्रमणबाट चौपायामा क्षति पुगेको भन्दै दिनहुँ निवेदन आउने गरेको छ ।'

चितुवाको बिगबिगी जिल्लाको उत्तरी भेगतिर बढी छ । आँधीखोला, फेदीखोला गाउँपालिका र पुतलीबजार नगरपालिकामा चितुवाको बिगबिगी रहेको ढकालले बताए । बागे–बाङसिङ, विचारीचौतारा, चिलाउनेबास, फापरथुम, सेतीदोभान, भाटखोला, फेदीखोला, करेनडाँडालगायतका क्षेत्रमा चितुवाले बढी चौपाया आक्रमण गरेको छ ।

वन क्षेत्रको फडानी र जंगलमा आहारा नभेटेपछि चितुवा घर/गाउँतर्फ पल्किएको जिल्ला वन कार्यालयका अधिकृत कोमल काफ्लेले बताए । काफ्लेले चितुवा कुन जिल्ला वा वनबाट आउँछन र पुन: कहाँ जान्छन् भन्नेबारे जानकार नभएको बताए ।

जिल्लामा चितुवाको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका कार्यालयले अभिलेखमा उल्लेख छ ।

मानिस र चितुवाबीचको भिडन्तमा हालसम्म दुईवटा चितुवा मरेको कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख १९, २०७५ १४:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT