कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अष्ट्रेलियामा गीतसंगीतलाई अघि बढाउदै नेपाली

नारायण खड्का

अष्ट्रेलिया — सिड्नीमा बसोबास गर्ने गायक ईश्वर पोखरेल अविरलले दुईदिनअघि ‘कति बज्यो भनेर सोधम कि’ बोलको गीत सार्वजनिक गरे । करिब एकसाता अघि नै दक्षिण अष्ट्रेलियाकी गायिका प्रजिता गेलालले ‘ब्युटिफूल गर्ल’ नामक गीत सार्वजनिक गरिन् । उनीहरुको गीत अहिले पनि युट्युबमा राम्रैसँग बजिरहेको छ । 

अष्ट्रेलियामा गीतसंगीतलाई अघि बढाउदै नेपाली

अष्ट्रेलियाको व्यस्त जीवनशैलीमा पनि नेपाली गीतसंगीतलाई अघि बढाउने काम यहाँका दुई दर्जन बढी गायक, संगीतकर्मी तथा रचनाकारहरुले जीवित राखेका छन् । अहिले अष्ट्रेलियामा साताजसोमा एउटा नेपाली गीतसंगीत सार्वजनिक हुने गरेको छ ।

एउटा गीत सार्वजनिक गर्न करिब ३ लाख रुपैयाँ लाग्छ । पैसा आउने बाटो पशस्त नभएपनि यहाँका गायक गायिकाहरुले साताजसो नै नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । ‘यो हामीले के पाउने वा नपाउने भन्दा पनि नेपाली गीतसंगीतलाई विदेशमा पनि जीवित राखौं भन्ने मात्र हो ।’ गायक पोखरेल सुनाउँछन् ।

सिड्नीमा एक दर्जन बढी गायकगायिकाहरु सक्रिय रुपमा संगीतमा लागिरेहका छन् । अन्य राज्यहरुमा पनि नेपाली संगीतकर्मीहरु प्रशस्त भेटिन्छन् ।

विगत लामो समयदेखि दक्षिण अष्ट्रेलियाबाट संगीतमा लागि परेकी गायिका प्रजिता गेलाल संगीत रहरभन्दा पनि नेपाल पहिचान र दर्शकहरुको माया भएको सुनाउँछिन् । उनी नेपाली गीत सार्वजनिक गरेर आर्थिक रुपमा केही नपाउने भएपनि आफ्नो भाषा र संगीत जीवित राख्न पाउनु नै आफ्नो सन्तुष्टि भएको दाबी गर्छिन् ।

अष्ट्रेलियामा संगीतमा लागिरहेकामध्ये केही नेपालमै संगीत साधनामा लागिसकेका व्यक्तिहरु भएकाले समेत अष्ट्रेलियामा नेपाली संगीतले राम्रो बाटो पाएको हो ।

गीतकार निष्प्रभ सजीदेखि गायकहरु समीर आचार्य, संजीव पराजुली, राजकुमार गोश्वामी, सुजाता उपाध्याय, नरेन कुलुङ लगायतका गायकगायिकाहरु नेपालदेखि नै संगीत क्षेत्रमा लागि परेका थिए उनीहरुले नयाँ आउने पुस्ताहरुलाई समेत बाटो प्रसस्त गरिदिएका छन् ।

अष्ट्रेलियाबाट धेरै गीतमा सफलता पाएका गायक पराजुली आफूहरुको उद्देश्य नै यहाँका नयाँ पुस्तालाई नेपाली गीतसंगीतप्रति प्रोत्साहन जगाउनु रहेको सुनाउँछन् ।

उनीहरुले प्राय सबै गीतहरु नेपालबाटै उत्पादन गर्ने गरेका छन् । एउटा गीत र म्युजिक भिडियो बनाउँदा २ लाखदेखि ४ लाखसम्म लगानी हुने गरेको उनीहरुले बताए ।

प्रकाशित : वैशाख १९, २०७५ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?