यस्तो छ सलमान खानको लभ स्टोरी

काठमाडौँ — सलमान खान बलिउडका ‘मस्ट इलिजिबल ब्याचलर’ हुन् । उनले बलिउडमा तीन दशक बिताइसकेका छन् ।

यस्तो छ सलमान खानको लभ स्टोरी

बलिउडमा उनको धेरै गसिप हुन्छ । सलमानको करिअरमा लभ, अफेयर, धोका र स्क्याण्डल सँगसँगै आउने कुरा हुन् । सलमानको जीवन एउटा खुल्ला किताब जस्तै छर्लङ्ग छ ।

५२ वर्षीय यी स्टारले आधा दर्जनभन्दा बढि महिलाहरुसँग लभ र रोमान्स गरे । तर, उनकाे लभ लाइफ किहल्यै सक्सेस भएन । फिल्म दुनियाँमा उनी सुपरहिट भएपनि प्रेमको मामला उनी सधैँ ‘फ्लप’ भए । सलमानको जीवनमा मिस इण्डिया देखि विश्व सुन्दरीसमेत आए ।

सन् १९८० की मिस इण्डिया संगिता भिज्लानीसँग सलमान खानको प्रेम सम्बन्ध थियो । सन् १९९० को दशकमा उनीहरुबीचको प्रेम सम्बन्ध टुट्याे ।

सोमी अली:

१९ वर्षको उमेरमा बलिउडमा डेब्यू गरेकी सोमी अली र सलमान खानको पहिलो भेट सन् १९९३ मा भएको थियो । द हिन्दुस्तान टाइम्सका अनुसार सलमानको अत्याधिक मदिरा सेवन र अरुलाई अपमान गर्ने बानीबाट दिक्क लागेर अलीले सन् १९९९ मा सलमानलाई छाडेकी थिइन् ।

ऐश्वर्या राय:

बलिउडमा सलमान खान र सन् १९९४ की विश्व सुन्दरी ऐश्वर्या रायको ब्रेक अप कहिल्यै सेलाएन, सधैँ चर्चामै रहन्छ ।

सञ्जयलीला भनसालीको ‘हम दिल दे चुके सनम’ फिल्मको सुटिङको क्रममा सलमान र ऐश्वर्याबीच प्रेमको अंकुरण भएको थियो । ऐश्वर्याको परिवारले सलमानसँगको सम्बन्धलाई रुचाएको थिएन । सलमानले ऐश्वर्यासँग बिहे गर्न मरिहत्ते गर्थे । त्यसबेला ऐश्वर्याले विवाह गर्ने मनिस्थितिमा थिइनन् । उनी आफ्नो करिअरमा केन्द्रित थिइन् । आफुलाई शारिरीक यातना दिएको भन्दै ऐश्वर्याले सलमानमाथि आरोप लगाउँदै सन् २००२ मा दुवैको सम्बन्धमा ब्रेक लागेको थियो ।

ब्रेकअप पछि सलमानले ऐश्वर्याको करिअरलाई खत्तम पार्न खोजेका थिए । ऐश्वर्याको सुटिङ स्थलसम्म पुगेर सलमानले हंगामा मच्चाउने गर्थे । सुटिङकै विषयलाई लिएर सलमानले शाहरुख खानसँग झगडा गरेको समाचारहरु आएका थिए । ऐश्वर्याले सन् २००७ मा अभिषेक बच्चनसँग विवाह गरिन् ।

स्नेहा उलाल:

ऐश्वर्या रायसँगको ब्रेकअप पछि सलमानको नाम १८ वर्षीया नायिका स्नेहा उलालसँग जोडियो । स्नेहा र सलमान दुवैले ‘लक्की’मा अभिनय समेत गरे । उनीहरुको सम्बन्ध धेरै समयसम्म टिकेन । स्नेहा तलेगु फिल्म उद्योगमा सक्रिय छिन् ।

कट्रिना कैफ:

भनिन्छ, कट्रिना कैफलाई बलिउडमा स्थापित गराउन सलमानको ठूलो भूमिका छ । डेब्यू फिल्म ‘बुम’बाट जम्न नसकेपछि कट्रिनाले सलमानसँग सहयोग मागिन् । सन् २००५ मा उनीहरु ‘मेनेँ प्यार क्यूँ किया’मा सँगै देखिए ।

त्यसपछि कट्रिनाले बलिउडमा पछि फर्कनु परेको छैन । उनीहरुको प्रेम सम्बन्ध सन् २०१० मा टुंगिएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । दुवैले एकअर्काको सम्बन्धबारे मिडियामा लुकाएपनि पापराचीहरुले उनीहरुलाई धेरै पटक सँगसँगै भेटाएका थिए ।

क्लउडीया सेइस्ला:

सलमान र कट्रिनाको सम्बन्ध टुट्नुको कारण जर्मन मोडल क्लउडीया सेइस्ला रहेको बताइन्छ । सलमानले आफ्नो घरमा सेइस्लालाई परिचय गराउन लागेका थिए । यही विषयलाई लिएर सलमान र कट्रिनाको ब्रेकअप भएको भारतीय मिडियाहरुको दाबी छ । क्लउडीया फिल्महरुमा सानो भूमिका निर्वाह गर्छिन् ।

जरिन खान:

सन् २०१० मा सलमान र जरिन दुवैले ‘वीर’मा अभिनय गरेका थिए । दुवै राती अवेरसम्म पार्टीहरुमा देखिन्थे । जरिन, कट्रिना जस्तो देखिन्छिन् । मडियामा जरिनले सलमानसँगको रोमान्सलाई इन्कार गरेकी थिइन् ।

महेक चाहेल:

सन् २००७ मा सलमानको ब्लकबस्टर फिल्म ‘वान्टेड’ मा चाहेलले अभिनय गरेकी थिइन् । सलामानले सञ्चालन गर्ने रियालिटी शोमा समेत उनले भाग लिइन । शोमा सलमानले महेकलाई बढि प्राथमिकता दिएको भन्दै भारतीय भिडियाहरुले प्रचारबाजी गरेका थिए । पछि उनीहरु दुवै साथी मात्र रहेको बताइयो ।

लुलिया भन्टुर:

सलमानसँग पछिल्लो समय जोडिएकी महिला रेमानीयन नायिका लुलिया भन्टुर हुन् । लुलियालाई सलमानले भारतमा दुई वटा ‘लङ टुर’ गराइसकेका छन् । दुवैलाई मुम्बईमा सँगै देखिने गरेको हिन्दुस्तान टाइम्सको दाबी छ ।

इली अभ्रम:

मिक्की भाइरसबाट बलिउड डेब्यू गरेकी इली अभ्रम सलमानले विवाह गर्न सक्ने महिला भनेर टाइम्स अफ इण्डियाले लेखेको छ । इली सलमानको निकटस्थहरु मध्ये एक रहेको उक्त पत्रिकाले जनाएको छ ।

प्रकाशित : वैशाख २५, २०७५ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?