३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पविता भइन् प्रथम मिसेज हङकङ नेपाल

किसन राई

हङकङ — वात्सल्यमा स्वार्थ हुँदैन र कुनै पनि आमाको लागि त्यो सबैभन्दा खुसीको विषय हुन्छ । त्यही भाव पोखेर पविता राईले प्रथम मिसेज हङकङ नेपालको ताज पहिरिएकी छन् ।

पविता भइन् प्रथम मिसेज हङकङ नेपाल

‘हरेक नारीको जीवनमा त्यो पल सबैभन्दा खुसीको हुन्छ, जुन समय उ एक आमा बन्छिन्’, तपाईंको जीवनमा सबैभन्दा खुसीको पल कुन हो ? मुख्य निर्णायक हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङको प्रश्नमा उनले लिखित जवाफ दिइन्, ‘जुनबेला म आमा बनेँ, मेरो जीवनमा सबैभन्दा खुसीको पल त्यही थियो ।’


खोटाङमा जन्मिएकी ३२ वर्षीया पविताले मिसेज पर्सनालिटि र कन्फिडेन्टको उपाधि पनि हात पारिन् । १० जना प्रतिस्पर्धीलाई पछि पार्न सफल उनलाई ७ हजार हङकङ डलरको चेक प्रदान गरिएको थियो ।


फस्ट रनरअप सावित्रा इङनामको भागमा वेष्ट ड्रेसको उपाधि परेको थियो । मिसेज डिसिप्लिन अनिता तामाङ सेकेण्ड रनरअप घोषित भइन् । फस्ट र सेकेण्ड रनरअपलाई क्रमश: ५ र ३ हजार हङकङ डलरको चेक प्रदान गरिएको थियो ।


उत्कृष्ट पाँचमा पर्न सफल रिन्जी डोल्मालाई मिसेज ट्यालेन्ट र क्याटवक र नानु गुरुङलाई पब्लिक च्वाइस र मिसेज क्रियटिभको उपाधि दिइएको थियो । त्यसैगरि मिसेज फ्रेण्डसिप र फोटोजेनिक मन्जु थापा, मिसेज स्माइल करुणा श्रेष्ठ, मिसेज पपुलर र हार्डवर्किङ सरस्वती चाम्लिङ, मिसेज सोसियल अनिता राई, वेष्ट हेयर निता थापा र मिसेज व्यटिफुल शान्ति खत्री घोषित भएका थिए ।

नेपाल महिला संघ हङकङद्वारा आयोजित कार्यक्रम हेनरी जी ल्योङ याउमाते कम्युनिटी सेन्टरमा सम्पन्न भएको थियो ।

प्रकाशित : जेष्ठ १, २०७५ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?