पविता भइन् प्रथम मिसेज हङकङ नेपाल

किसन राई

हङकङ — वात्सल्यमा स्वार्थ हुँदैन र कुनै पनि आमाको लागि त्यो सबैभन्दा खुसीको विषय हुन्छ । त्यही भाव पोखेर पविता राईले प्रथम मिसेज हङकङ नेपालको ताज पहिरिएकी छन् ।

‘हरेक नारीको जीवनमा त्यो पल सबैभन्दा खुसीको हुन्छ, जुन समय उ एक आमा बन्छिन्’, तपाईंको जीवनमा सबैभन्दा खुसीको पल कुन हो? मुख्य निर्णायक हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङको प्रश्नमा उनले लिखित जवाफ दिइन्, ‘जुनबेला म आमा बनेँ, मेरो जीवनमा सबैभन्दा खुसीको पल त्यही थियो।’

Yamaha

खोटाङमा जन्मिएकी ३२ वर्षीया पविताले मिसेज पर्सनालिटि र कन्फिडेन्टको उपाधि पनि हात पारिन्। १० जना प्रतिस्पर्धीलाई पछि पार्न सफल उनलाई ७ हजार हङकङ डलरको चेक प्रदान गरिएको थियो।

फस्ट रनरअप सावित्रा इङनामको भागमा वेष्ट ड्रेसको उपाधि परेको थियो। मिसेज डिसिप्लिन अनिता तामाङ सेकेण्ड रनरअप घोषित भइन्। फस्ट र सेकेण्ड रनरअपलाई क्रमश: ५ र ३ हजार हङकङ डलरको चेक प्रदान गरिएको थियो।

उत्कृष्ट पाँचमा पर्न सफल रिन्जी डोल्मालाई मिसेज ट्यालेन्ट र क्याटवक र नानु गुरुङलाई पब्लिक च्वाइस र मिसेज क्रियटिभको उपाधि दिइएको थियो। त्यसैगरि मिसेज फ्रेण्डसिप र फोटोजेनिक मन्जु थापा, मिसेज स्माइल करुणा श्रेष्ठ, मिसेज पपुलर र हार्डवर्किङ सरस्वती चाम्लिङ, मिसेज सोसियल अनिता राई, वेष्ट हेयर निता थापा र मिसेज व्यटिफुल शान्ति खत्री घोषित भएका थिए।

नेपाल महिला संघ हङकङद्वारा आयोजित कार्यक्रम हेनरी जी ल्योङ याउमाते कम्युनिटी सेन्टरमा सम्पन्न भएको थियो।

प्रकाशित : जेष्ठ १, २०७५ १३:२५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपाल फाइनान्स हङकङको १८ प्रतिशत लाभांश

किसन राई

हङकङ — हङकङका नेपालीहरुद्वारा प्रवद्र्धित नेपाल फाइनान्स लिमिटेडले १८ प्रतिशत लाभांश वितरण गरेको छ । यो प्रतिशत स्थापनाको सातौँ वर्षमा अहिलेसम्मकै उच्च रहेको छ ।

छैठौं साधारण सभामा जनरल म्यानेजर शशिमदन राईद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा १६ लाख ४९ हजार २ सय १८ हङकङ डलर मुनाफा देखाइएको छ । स्थापनाको चौथो वर्षदेखि वितरण गरिएको मुनाफा पहिलो वर्ष १२ र दोस्रो वर्ष १५ प्रतिशत देखाइएको छ ।

साधारण सभाद्वारा पारित आर्थिक प्रतिवेदन अनुसार फाइनान्सको शेयर पुँजी १ करोड २ लाख १९ हजार ४ सय डलर र चुक्ता पुँजी ३ करोड ९० लाख ५६ हजार ३ सय १० डलर रहेको छ । ३ करोड २२ लाख १६ हजार १ सय ५१ डलर ऋण लगानी गरेको छ ।

समापन कार्यक्रममा प्रमुख अतिथि नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराईलाई लाभांश वितरण गर्न लगाइएको थियो । सोही समारोहमा कन्सुल जनरल भट्टराईले नेपाल फाइनान्सको अनुकरणीय काम भन्दै प्रशंसा गरेका थिए ।

उक्त अवसरमा कार्यकारी प्रमुख धिरजकुमार राईले ऋण प्रवाह मात्रै गरिरहेको फाइनान्सले चाडै रेमिटेन्स सेवा सुरु गर्ने बताएका थिए । उनले नेपालको घरजग्गा क्षेत्रमा पनि लगानी गर्ने सोच रहेको जानकारी गराएका थिए ।

प्रकाशित : वैशाख ३१, २०७५ १५:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT