बलिउड जोडीहरुका उमेरको अन्तर: ६ महिनादेखि २८ वर्षसम्म

काठमाडौँ — दुई धड्कनको मेललाई उमेरले कुनै छेकबार गर्दैन । जब माया पिरतीको कुरा आउँछ, उमेर, जात र धर्मले कुनै फरक पार्दैन ।

बलिउड जोडीहरुका उमेरको अन्तर: ६ महिनादेखि २८ वर्षसम्म

बलिउडमा त्यस्ता जोडीहरु छन् जसको उमेरको फरक ६ महिनादेखि २८ वर्षसम्मको छ ।

अभिनेता कविर वेदी बलिउडका यस्ता सेलिब्रेटी हुन् जसले आफूभन्दा २८ वर्ष कान्छी प्रभिन दुसञ्जसँग विवाह गरे । कविरले ७० वर्षको उमेरमा प्रविनसँग सन् २०१६ मा विवाह गरेका थिए । प्रभिन कविरकी छोरी पुजाभन्दा कान्छी हुन् ।

‘मुन्ना भाई’ सञ्जय दत्तले आफूभन्दा १९ वर्ष कान्छी मन्यतासँग विवाह गरे । उनले मन्यता दत्तसँग सन् २००८ मा विवाह गरे । सञ्जयको पहिलो श्रीमती क्यान्सरका कारण मृत्यु भएकी थिइन् । उनको दोस्रो श्रीमती रिहा पिलाईसँग सन् २००५ मा डिभोर्स गरी मन्यतासँग २००८ मा तेस्रो विवाह भएको हो । मन्यताले सन् २०१०मा जुम्ल्याहा सन्तानको जन्म दिएकी थिइन् ।

अभिनेता सहिद कपुरले आफूभन्दा १३ वर्ष कान्छी युवतीसँग विवाह गरे । सहिदले मिरा राजपुतसँग सन् २०१५ मा विवाह गरे ।

शैफ अली खानले दुईवटा विवाह गरे । उनकी पहिलो श्रीमती अमृता सिंह उनीभन्दा १२ वर्षले जेठी थिइन् । अमृतासँग विवाह गर्दा शैफ २१ वर्षका थिए । दुवैले सन् २००४ मा डिभोर्स गरे । शैफले सन् २०१२ मा करिना कपुरसँग दोस्रो विवाह गरे । करिना शैफभन्दा १२ वर्षले कान्छी हुन् ।

पहिलो श्रीमती रिना दत्तसँग डिभोर्स भएको चार वर्षपछि अमिर खानले सन् २००५ मा किरण राओसँग विवाह गरे । अमिरले भन्दा ९ वर्ष कान्छी किरणसँगे प्रेम विवाह गरेका थिए ।

बलिउडका पुराना नायक धर्मेन्द्र र हेमा मालनीको उमेरको फरक १३ वर्षको छ ।

कमेडियन एक्टर रितेश देशमुख र जेनिलिया डेसुजाको उमेरको ९ वर्षले फरक छ । उनीहरुको पहिलो भेट सन् २००३मा तुजे मेरी कसम फिल्मको सुटिङका क्रममा भएको थियो ।

हिन्दी सिनेमाका ‘ट्रयाजेडिक किङ’ दिलिप कुमारले साइरा बानुसँग सन् १९६६ मा विवाह गरे । दिलिपले साइरासँग विवाह गर्दा ४५ वर्षका थिए भने साइरा २२ वर्षकी थिइन् ।


अजग देवगन र काजोल बलिउडमा युगल जोडीको रुपमा हेरिन्छ । उनीहरुको उमेर फरक ५ वर्षको छ ।

बलिउडका नवविवाहित जाेडी सोनम कपुर र आनन्द अजुहाको उमेरको फरक २ वर्षको मात्र छ ।

चाडै नै विवाह बन्धनमा बाँधिन लागेको बलिउड अभिनेता रणविर सिंह र दीपिका पादुकोणको उमेर फरक ६ महिना मात्र छ । सन् २०१७ मा विवाह बन्धनमा बाधिएका क्रिकेटर विराट कोली र अभिनेत्री अनुष्का शर्माको उमेरको फरक पनि ६ महिना हो ।


बलिउड अभिनेता अभिशेक बच्चन आफ्ना श्रीमती ऐश्वर्या राय बच्चनभन्दा दुई वर्षले कान्छा हुन् । उनीहरुले सन् २००७ मा विवाह गरेका थिए ।

निर्देशकबाट नायक बनेका बलिउडका फरन अक्थरले अधुना भवानीसँग सन् २००६ मा विवाह गरे । भवानी फरानभन्दा ६ वर्षले जेठी छन् । उनीहरुले सन् २०१६ मा छुट्टिए ।

प्रकाशित : जेष्ठ १, २०७५ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?