कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरन लिलाममा

काठमाडौँ — हालै रिलिज बलिउड फिल्म ‘राजी’ ले राम्रै प्रतिक्रिया पाइरहेको छ । त्यसकी अभिनेत्री आलिया भट्ट फिल्म मात्रै राम्रा छान्दिनन्, काम पनि राम्रै गर्छिन् । समाजसेवामा मन दिन्छिन् । यसका लागि उनले ‘कोएक्जिस्ट’ नामको संस्था पनि चलाइसकेकी छन् ।

पहिरन लिलाममा

यसले प्रकृति र जनावरहरूको कल्याणका लागि काम गर्छ । उनले अर्काे काम गर्न लागेकी छन् । ‘मी वार्डरोब इज सु वार्डरोब’ कार्यक्रमअन्तर्गत उनले आफ्ना लुगाफाटा लिलामीमा राख्न लागेकी छन् । यो कुराको जानकारी उनले इन्स्टाग्राममार्फत दिएकी हुन् ।

‘मी वार्डरोब इज सु वार्डरोब’ स्पेनिस शब्दावली हो, यसको अंग्रेजीमा ‘माई वार्डरोब इज योर वार्डरोब’ हुन्छ । अर्थात्, मेरो दराज तपाईंको दराज हो ।

आलियाका लत्ताकपडा मुम्बईको स्टाइलक्राकर नाइट मार्केटमा मे १९ र २० मा राखिए । लुगा बिकेर आएको पैसा बङ्गलुरुको ‘आरोह’ संस्थाले चलाएको ‘लिटर अफ लाइट’ लाई दिइनेछ । आरोहले खेर गएका प्लास्टिकहरूबाट सोलार लाइट उत्पादन गरी बिजुली नपुगेका ठाउँमा वितरण गर्ने गर्छ । आलियाले यो कार्यक्रमबारे भनेकी छन्, ‘भारतमा राम्रा संस्थाहरू छन्, तिनको दिगोपनका लागि आर्थिक सहयोग आवश्यक छ ।’ लिलामीमा उनले आफ्ना डिजाइनर लुगादेखि सामान्य लुगाहरूसम्म राखिन् ।

अनुष्का शर्मा र हृतिक रोशनले फिल्ममा लगाएका लुगाहरू पनि लिलाममा राख्न लागेका छन् । अनुष्काले ‘ए दिल है मुश्किल’ फिल्मको ‘ब्रेकअप सङ’ मा लगाएको कुर्ता र हृतिकले ‘कृश’ मा लगाएको कालो ज्याकेट पनि लिलामीमा राखिनेछन् । केही दिनअघि अक्षय कुमारले ‘रुस्तम’ मा लगाएको नेभी युनिफर्म पनि लिलामीमा राखेका थिए ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?