‘दुई मुटुको बन्धन’मा रामजी र देवी [भिडियोसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — लोक गायक गायिका रामजी खाड र देवी घर्ती मगर ‘दुई मुटुको बन्धन’मा सँगसँगै आएका छन् । 

तिलकबहादुर ओली र शिव कुँवरको शब्द रहेको गीतमा पुस्कल कुँवरले संगीत भरेका छन् । म्यूजिक भिडियोमा भने सारिका केसी र सागर थापाले अभिनय गरेका छन् ।

म्यूजिक भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका हुन् ।

प्रकाशित : जेष्ठ १३, २०७५ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्

दुर्घटनामा २२ को मृत्यु 

बीबीसी

कम्पाला — उत्तरी युगाण्डामा आइतबार भएको बस दुर्घटनामा कम्तीमा २२ जनाको ज्यान गएको छ । अधिकारीका अनुसार मृत्यु हुनेमा ३ बालबालिका छन् ।

एएफपी समाचार संस्थाका अनुसार एक यात्रुबाहक बसले रातिको समयमा हेडलाईन नबाली चलाईरहेको ट्याक्टरलाई ठक्कर दिएलगत्तै अर्को ट्रकसँग ठोकिएको थियो ।

दुर्घटना राजधानी कम्पालादेखि २ सया २० किलोमिटर उत्तरमा पर्ने क्रियान्डोन्गोमा भएको हो । प्रहरी प्रवक्ता एमिलियान कयिमाले ‘दुर्घटनामा घाइतको उद्धार गरिएको’ बताइन् ।

स्थानीय सञ्चारमाध्यमले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाएका छन् । सडक यातायातमा असुरक्षित मानिने युगाण्डामा सन् २०१५ देखि २०१७ भित्रमा करिब १० हजार मानिसको सडक दुर्घटनामा ज्यान गएको थियो ।

प्रकाशित : जेष्ठ १३, २०७५ २१:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्