१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

‘बच्चाहरुको भविष्य उज्ज्वल’

काठमाडौँ — एक सय सत्तरीभन्दा बढी फिल्म खेलिसकेका राजेश हमाल पछिल्लो समय रंगमञ्चतिर पनि तानिएका छन् । ६ वर्षअघि मात्रै रंगमञ्च यात्रा सुरु गरेका उनी काँडाघारीस्थित अक्षरा स्कुलको अभि थिएटरमा भेटिए ।

‘बच्चाहरुको भविष्य उज्ज्वल’

तीन दिनदेखि जारी ‘काठमाडौं अक्षरा अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव’ को दोस्रो संस्करणमा उनी बालबालिकालाई उत्प्रेरणा दिन पुगेका हुन् ।

डेनमार्कको बाल कलाकारहरूको प्रस्तुति ‘टुमरो’ र श्रीलंकाको ‘पोभर्टी’ नाटक हेरेपछि उनले भने, ‘बच्चाहरू पनि ग्लोबल वार्मिङ, पुनरुत्पादन, भविष्यसम्बन्धी जनचेतना फैलाउने खालको नाटक गर्ने भइसकेछन् । उनीहरूको भविष्य उज्ज्वल छ ।’ डेनमार्कको ‘सिन एन’ समूहले प्रस्तुति रहेको ‘टुमरो’ मा विद्यार्थीहरूले भविष्यप्रतिको खतरा औंल्याएका थिए । नाटकको निर्देशन पर्निल हगसने, स्टीन हगसेन, हेनरिट आरुपले गरेका हुन् । नाटकमा भिग्गा फाइन्ड लुम्बाइ, इनग्रिड असाम्ब्रेन बोहर, लिभा लुन्ड माडसेन, डेभिड प्रामाण, मारिया लियरस्कोभ, नेदगार्ड हगसेन लगायतले अभिनय गरेका थिए ।

‘पोभर्टी’ को लेखन तथा निर्देशन सच्रिन रहुनाडाले गरेका हुन् । यो नाटकमा महिला र पुरुषबीचको विभेद देखाइएको थियो । संवादको प्रयोग नगरिएको नाटकमा सचित्र अनुपमा रहुवडा, एस्मी, चन्दिमा, नभिन्दलगायतले अभिनय गरेका थिए ।

महोत्सवको दोस्रो दिन जर्मनीका तर्फबाट ‘कलरफुल थु्र द वल्र्ड’ र स्लोभाकियाका तर्फबाट ‘कोलोटोक’ को मञ्चन भयो । महोत्सव मंगलबार समापन हुँदै छ ।

प्रकाशित : जेष्ठ १५, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?