कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

रिजु भइन् “मिस नेवा:”

काठमाडौँ — १६ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी रिजु मानन्धरले ‘मिस नेवा:’ को १३ औं संस्करण जितेकी छन् । पब्लिक च्वाइस अवार्डसमेत जितेकी उनले ताजसहित २० हजार रुपैयाँ पाइन् ।

रिजु भइन् “मिस नेवा:”

प्रतियोगितामा डा. सरिसा श्रेष्ठ फस्र्ट रनरअप भइन् र १५ हजार रुपैयाँ प्राप्त गरिन् । मतिना मानन्धरले सेकेन्ड रनरअपको उपाधिसहित १० हजार रुपैयाँ पाइन् । मतिनाले मिस पर्सनालिटीको टाइटलसमेत जितिन् ।

सृष्टि शाक्यले पाँच हजार रुपैयाँसहितको मिस ट्यालेन्टको टाइटल जितिन् । अञ्जु श्रेष्ठले बेस्ट ड्रेस र बेस्ट हेयर, सरिना महर्जन उत्कृष्ट नेपाल भाषा, सन्ध्या श्रेष्ठ बेस्ट स्किन, मिलु श्रेष्ठ मिस डिसिप्लिन, बिना महर्जन बेस्ट स्माइल, प्रदिका श्रेष्ठ मिस फ्रेन्डसिप, उस्मी श्रेष्ठ मिस फोटोजेनिक, राधा श्रेष्ठ बेस्टवाक र पस्मिना शाक्य सोसल वेलफेयर एम्बेसडर चिफको टाइटल पाए । सरिसा श्रेष्ठ तथा प्रज्ञा श्रेष्ठ सोसल वेलफेयर एम्बेसडरतर्फको फस्ट रनरअप तथा सेकेण्ड रनरअप भए । परम्परागत संस्कृति र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने ध्येयले डेढ दशकदेखि प्रतियोगितालाई निरन्तरता दिँदै आएको आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जनाइन् ।

प्रकाशित : जेष्ठ १५, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?