२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कान्यको समस्या नै शक्ति

एजेन्सी

काठमाडौँ — अमेरिकी र्‍यापर कान्य वेस्टको नयाँ एल्बम ‘ये’ हालै आएको छ । यसमा रहेको गीतबारे टीकाटिप्पणी भइरहेका बेला र्‍यापरले अर्को रहस्य खुलाएका छन् । उनले आफ्नो ‘मानसिक अवस्था’ बारे मुख खोलेपछि अहिले यसलाई विभिन्न कोणबाट केलाउन थालिएको छ ।

कान्यको समस्या नै शक्ति

रेडियोकर्मी बिग ब्वाईसँगको अन्तर्वार्तामा कान्यले गत वर्ष आफूले मानसिक स्थिति जँचाउनुपरेको बताएका थिए । ‘मेरो अस्वस्थतालाई अपांगतासँग जोड्दिनँ,’ उनले भनेका थिए, ‘बरु, यो मेरो अलौकिक शक्ति हो भन्ने लाग्छ ।’ आफू ३९ को हुँदासम्म डाक्टरकहाँ नगएको उनले बताए ।

४० वर्षे र्‍यापरले ‘मेन्टल कन्डिसन’ बारे गीत रचेका छन् । आफूलाई मानसिक समस्या हुनु राम्रै भएको उनको बुझाइ छ । ‘म भाग्मानी छु,’ उनले भनेका छन्, ‘अरू मानसिक रोगीबारे सोच्नुस् त, कान्य वेस्टले झैं तिनले गीतमार्फत आफूलाई अभिव्यक्त गर्न सक्दैनन् । तिनलाई समस्या भनेको सामान्य कुरा हो भन्ने बुझ्न नै समय लाग्छ ।’ संगीत आफ्ना लागि दवाईजस्तो भएको उनको आशय थियो ।

कान्यको ‘पावर’ गीतमा बाइपोलर डिस्अर्डरको कुरा उल्लेख छ । तर, यसपालि आफूलाई कुन समस्या भएको भन्नेबारे उनले खुलाएका छैनन् । समस्या जुनसुकै भए पनि त्यसलाई शक्तिमा बदलेको उनको दाबी थियो । हरेक मान्छेमा कुनै न कुनै किसिमको पागलपन हुने उल्लेख गर्दै उनले त्यसलाई सकारात्मक ऊर्जा ठान्न उनले आग्रह गरेका छन् ।

प्रकाशित : जेष्ठ २२, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?