३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मोदीको बायोपिक चलचत्रिमा परेश रावलले अभिनय गर्ने

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधरित बायोपिक चलचित्रमा  परेश रावलले अभिनय गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अभिनेता रावलले मोदीको भूमिका निर्वाह गर्न लागेका हुन् । 

मोदीको बायोपिक चलचत्रिमा परेश रावलले अभिनय गर्ने

भारतीय जनताका पार्टीका नेता तथा सांसद समेत रहेको रावलले नरेन्द्र मोदीको 'क्यारेक्टर' गर्न त्यति सजिलो नभएको बताए । मोदीको भूमिका निर्वाह गर्न धेरै चुनौती रहेको उनले बताएका छन् ।


सञ्जय दत्तको बायोपिकमा आधरित फिल्म सन्जुमा रावालले सुनिल दत्तको अभिनय गरेका छन् ।

बन्न लागेको चलचित्रको कथावस्तु र स्क्रिप्टलाई अन्तिम रुपमा दिने तयारी भइरहेको उनले भारतीय सञ्चारमाध्यमहरुलाई जानकारी दिए । उक्त बायोपिक चलचित्रको छायांकन यो वर्षको सेप्टेम्बर र अक्टोबरमा हुने रावालको भनाइलाई उधृत गर्दै भारतीय पत्रिका द इन्डियन एक्सप्रेसले जनाएको छ ।


रावालले यसअघि सन् १९९४ मा सरदारको बायोपिक चलचित्रमा अभिनय गरेका थिए ।

बलिउडका थुप्रै ब्लकबस्टर चलचित्रहरुमा अभिनय गरेका रावलले यसअघि ‘ओ माइ गड’ फिल्म निर्माण गरेका थिए । फिल्ममा उनले नास्तिक काञ्जिभाईको अभिनय गरेका थिए ।

प्रकाशित : जेष्ठ २२, २०७५ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?