१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

वीराङ्गनाको पोस्टर सार्वजनिक

काठमाडौँ — एक्सन जान्रामा बनेको नेपाली फिल्म ‘वीराङ्गना’ को पोस्टर सार्वजनिक गरिएको छ । यही असार २९ मा मुलुकभर रिलिज हुने फिल्मको पोस्टरमा मुख्य कलाकारका रूपमा अनुपविक्रम शाही, शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईंलाई प्रस्तुत गरिएको छ । 

वीराङ्गनाको पोस्टर सार्वजनिक

राजबहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको फिल्मको निर्मातामा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता रहेका छन् भने सहनिर्माताको रूपमा सुमी चाम्लिङ राई रहेका छन् ।


र्फोथ आई मुभिजको ब्यानरमा निर्माण फिल्ममा शिल्पा, अनुप र पृथ्वीराजसँगै धीरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेल, अंशु थापा, अमृत सापकोटालगायतको अभिनय रहेको छ । दीपक शर्माको संगीत, कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको बताइएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७५ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?