कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘लभ स्टेसन’ घोषणा 

काठमाडौँ — ‘लिलीबिली’ प्रदीप खड्का र जसिता गुरुङलाई लिएर नयाँ फिल्म ‘लभ स्टेसन’ घोषणा गरिएको छ ।

‘लभ स्टेसन’ घोषणा 

आमा–छोरी हराउनु र भेटिनुमा आधारित रहने बताइएको फिल्मको निर्देशन उज्वल घिमिरेले गर्ने बताइएको छ । सुवाससिंह बस्नेतको लेखन रहने फिल्मको पटकथामा काम भइरहेको निर्माता गोविन्द शाहीले जनाए । ‘भदौ अन्तिम या त असोजदेखि छायांकनमा जाने लक्ष्य छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘फागुन २४ गते रिलिज तय गरेका छौं ।’


काफिया फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मका लागि बाँकी कलाकारहरु छनोट प्रक्रियामै रहेको शाहीले बताए । शाहीसँगै निर्देशक घिमिरे र क्रिसु शाही निर्माताका रूपमा छन् । ‘लभ स्टेसन’ घोषणा कार्यक्रममै ‘लिलीबिली’ को ५१ दिने केक पनि काटिएको थियो ।


प्रकाशित : जेष्ठ २३, २०७५ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?