कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नरगिसजस्तै मनीषा !

काठमाडौँ — सामाजिक सञ्जालमा यति बेला अभिनेत्री मनीषा कोइराला नरगिसमय बनेकी छन् । बलिउडकी पुरानी अभिनेत्री नरगिसजस्तै देखिन मनीषाले फिल्म ‘सन्जु’ मा अथक मिहिनेत गरेकी छन् ।

नरगिसजस्तै मनीषा !

तिनै फोटा उनका सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ र ‘फेसबुक पेज’ मा समेत देख्न सकिन्छ । सञ्जय दत्तकी आमासमेत रहेकी नरगिस जस्तै देखिन मनीषाले निकै प्रयास गर्नुपरेको समेत बताएकी छन् ।

सञ्जयको बायोपिक ‘सञ्जु’ मा मनीषा नरगिसको भूमिकामा देखिँदै छिन् । ‘मैले नरिगसजस्तै देखिने निकै मिहिनेत गरेकी छु,’ उनले भनेकी छन्, ‘नरगिस कस्ती देखिनुहुन्थ्यो भन्ने मात्रै नभई उहाँको सोच र मन पनि बुझ्ने कोसिस गरेकी थिएँ । यसमा म कतिसम्म सफल भएँ, थाहा छैन ।’ नरगिसको पात्र अनुभूति गर्न धेरै रिसर्च गर्नुपरेको समेत उनले बताइन् ।

दुर्भाग्यवश, सञ्जयको पहिलो फिल्म ‘रक्की’ रिलिज हुनुभन्दा अघि नै नरगिसको देहान्त भएको थियो । उनी क्यान्सर रोगी थिइन् । ४७ वर्षीया मनीषाले नरगिसको जीवनलाई अभिनयमा उतार्न ‘इनर स्ट्रेन्थ’ बलियो बनाउनुपर्ने बताइन् । आफू पनि क्यान्सरको मुखबाट बचेको सम्झँदै उनले जीवनको मूल्य यसै घटनाबाट महसुस गरेको सुनाइन् ।

प्रकाशित : असार १, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?