ए सोल्टिनी असार १५ मा

काठमाडौँ — ‘ए सोल्टिनी’ असार १५ मा देशव्यापी प्रदर्शनमा आउने भएको छ । दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मञ्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, अनिता गोले, गंगा रानामगर, बीबी रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतले अभिनय गरेका छन् ।

ए सोल्टिनी असार १५ मा

जिम्बा फिल्म्सको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको फिल्मलाई निमा लामा तामाङले निर्देशन गरेका हुन् । तामाङ भाषाका झन्डै एक दर्जन फिल्म निर्देशन गरिसकेका निमाको यो पहिलो नेपाली फिल्म हो । उनले ‘दोषी को’ र ‘परदेशले लुटेको सपना’ नामक नेपाली फिल्म पनि निर्देशन गरिसकेका छन् ।

काठमाडाैं उपत्यकावरिपरि खिचिएको फिल्ममा सोल्टिनीको माया पाउन सोल्टाहरूले गर्ने संघर्ष प्रस्तुत गरिएको बताइन्छ । कमेडी, लभ, एक्सन तथा सेन्टिमेन्ट सबै कुराले आफ्नो फिल्म भरिपूर्ण भएको निर्देशन निमाको दाबी छ । विश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल वाइबा र विनय केटुको संगीत छ । राज गोलेले द्वन्द्व निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका छन् ।

प्रकाशित : असार २, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?