मजाक बन्यो, सलमानको ‘रेस ३’

काठमाडौँ — सलमान खानका फिल्म प्राय: इदमा रिलिज हुन्छन् र व्यावसायिक हिसाबले सफल हुन्छन् । २०१० मा ‘दबंग’ पछि २०१३ मा बाहेक लगातार ‘बडिगार्ड’, ‘एक था टाइगर’, ‘किक’, ‘बजरंगी भाईजान’, ‘सुल्तान’, ‘टयुबलाइट’ हुँदै यस इदमा ‘रेस ३’ आएको छ ।

मजाक बन्यो, सलमानको ‘रेस ३’

यस वर्षका बलिउड फिल्ममा सर्वाधिक ओपनिङको रेकर्ड राखे पनि ‘रेस ३’ लाई समीक्षकले भने गतिलो प्रतिक्रिया दिएनन् । समीक्षा गतिलो नपाए पनि ओपनिङमा गतिलो दर्शक साथ पाएको सलमानको फिल्मले यति बेला दर्शकको साथ पनि गुमाउन थालेको छ ।

फिल्म हेरेका अधिकांशले सोसल मिडियामा फिल्मको मजाक उडाएका छन् । अधिकांशले फिल्म झेल्नु कष्टकर भएको प्रतिक्रिया दिएका छन् ।

टीटरमा एक लेख्छन्, ‘सलमान खानको यो फिल्म अति नै निराशाजनक । बकवास । यो भन्दा त बरु ‘टयुबलाइट नै धेरै राम्रो । कम्तीमा त्यसमा अलि अलि भए पनि इमोसनल चिजहरू त थिए ।’ अर्काले लेखेका छन्, ‘मैले पहिले ‘रेस ३’ हेरें अनि पछि प्रधानमन्त्रीको फिटनेस भिडियो ।

बरु मलाई पछिल्लो भिडियाले धेरै मनोरञ्जन दियो ।’ अर्काले त आफू ‘रेस ३’ दोहोर्‍याएर हेर्नुभन्दा बरु जेल जान तयार हुने भन्दै व्यंग्य गर्दै फिल्मलाई रद्दीको कोटरीमा राखेका छन् । भारतीय फिल्म समीक्षकले समेत सलमान खानका अति नै ठूला फ्यानले समेत ‘रेस ३’ हेर्न ट्राई गर्न सक्ने भनी घुमाउरो शैलीमा व्यंग्य गरेका छन् ।

‘रेस ३’ आफूले अहिलेसम्म हेर्न नपाएको टीटमार्फत जानकारी दिँदै अभिनेता आमिर खानले सलमानलाई मेन्शन गर्दै लेखेका छन्, ‘म र मेरो परिवारलाई सायद यो फिल्म मन पर्नेछ किनकि मलाई यसको ट्रेलर मन परेको थियो । सायद फिल्म ब्लकबस्टर्स हुनेछ ।’ तर आमिरको यस टीटमा उनका फयानले प्रतिक्रिया जनाउँदै उक्त फिल्म हेरेर समय बर्बाद नगर्न सुझाव दिएका छन् । एक टीटर प्रयोगकर्ताले त सलमानको फिल्म र विकार तत्त्वबीच फरक नभएको उल्लेख गरेका छन् ।

अधिकांशले फिल्म १० मिनेटभन्दा बढी झेल्न नसकिने भन्दै फन्नी भिडियोसहित टीट सेयर गरेका छन् । अतुल खत्री लेख्छन्, ‘त्यसैले त यो ‘रेस ३’ । किनकि यो ‘रेस’ भन्दा तीन गुणा खत्तम छ ।’ अक्षय नामका अर्का टीटे लेख्छन्, ‘फिल्ममा सलमानले एउटा संवाद भनेका छन् कि बेवकुफीको कुनै उपचार हुँदैन । सायद यो संवादमै जस्ता दर्शकका लागि होला जो ‘रेस ३’ हेर्न गयौं ।’ अर्काले फुटेको सिसासहितको कारको फोटो राख्दै झटारो हानेका छन्, ‘मैले ‘रेस ३’ का दुई टिकट कारभित्र राखेको थिएँ । कुन हरामीले सिसा फुटाएछ र अरू दुई टिकट छोडेर गएछ ।’

प्रकाशित : असार ३, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?